मंगलबार बिहानैदेखि अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड तत्काल संचालनमा आउन नसक्ने भएको छ । धेरै ठाउँमा पहिरो गएको र पानी पनि परिरहेकाले पहिरो पन्छाउन समय लाग्ने नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।
खनालका अनुसार यो सडकखण्डको कालिखोला, जलविरे, चार किलो, घुमाउने, गाइघाट, तोर्पेखोला लगायतका क्षेत्रमा पहिरो खसेको छ । पहिरो खसेपछि राती साढे १ बजेदेखि नै दुई तर्फी सवारी आवागमन बन्द गरिएको थियो । सोमबार दिउँसो पनि यो सडक खण्ड पहिरोले अवरुद्ध भएको थियो । अहिले पहिरो पन्छाउने काम भैरहेको छ ।
आयोजनाले नारायणगढ–मुग्लिन सडकखण्डको बिकल्प अपनाउन पनि अनुरोध गरेको छ । पहिरो पन्छाउन कम्तिमा ५ घण्टा लाग्ने आयोजनाले जनाएको छ । सडक अबरुद्ध हुँदा हजारौँ सवारी साधन र यात्रु मुग्लिन र जुगेडीमा रोखिएका छन्। यात्रुहरुको बिचल्ली भएको छ ।































प्रतिक्रिया