राजधानी काठमाडौँको ठमेलमा आगलागी हुँदा १० करोड रुपैया बराबरको क्षति भएको छ । ज्याठास्थित सुनिलमान स्थापितको घरमा बिहान ४ बजेबाट आगलागी शुरु भएको हो । "/>

ठमेलमा भएको भिषण आगलागीमा १० करोडको क्षति, हाम फालेका ५ जना घाइते

ठमेलमा भएको भिषण आगलागीमा १० करोडको क्षति, हाम फालेका ५ जना घाइते

केन्द्रबिन्दु
0
Shares

राजधानी काठमाडौँको ठमेलमा आगलागी हुँदा १० करोड रुपैया बराबरको क्षति भएको छ । ज्याठास्थित सुनिलमान स्थापितको घरमा बिहान ४ बजेबाट आगलागी शुरु भएको हो । आगो निभाउन नसक्दा नजिकैको गौतम तुलाधर र अजयरत्न स्थापितको घरमा पनि फैलिएको हो ।

पेम्बा दोर्जेले खोलेको हिमालय ट्रेकिङ पसलमा आगलागी भएको हो । पानी तान्ने मोटरमा विद्युत् सर्ट भई आगलागी सुरु भएको प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्लले जानकारी दिए । अक्सिजन ग्यास सिलिन्डर भण्डारणमा आगलागी भएको हो । आगलागीका कारण अक्सिजनका सिलिन्डरहरु पड्किएका थिए । 

आगलागीपछि हाम फालेर ५ जनाले ज्यान जोगाएका छन् । ति मध्ये सुवर्ण स्थापित, रामलाल श्रेष्ठ र अञ्जना श्रेष्ठको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अन्य दुई जनाको नाम खुलेकाे छैन।  

दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

Logo