काठमाडौं

मन्त्रिपरिषद बैठकले जर्मन सरकारबाट प्राप्त ४ अर्ब ९ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । "/>

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद बैठकका निर्णयहरु

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद बैठकका निर्णयहरु


काठमाडौं

मन्त्रिपरिषद बैठकले जर्मन सरकारबाट प्राप्त ४ अर्ब ९ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार साँझ सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले नेपालको ऊर्जा दक्षता तथा नवीकरणीय ऊर्जा प्रवद्र्धन दोस्रो चरणको कार्यक्रमका लागि प्राप्त रकम स्वीकार गर्ने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले सो रकम कास्कीको लेखनाथ देखि तनहुँको दमौली २ सय २० केभी प्रसारण लाइन आयोजना कार्यान्वयनमा प्रयोग गर्ने निर्णय गरिएको मन्त्री विश्वकर्माले बताए ।

त्यसैगरी बैठकले सौर्यपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले धनुषाको शहिद नगर नगरपालिका डुमरियामा निर्मित अस्पताल भवनमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने गरि प्राथमिक तहको १५ शैयाको अस्पताल स्थापना गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

उक्त अस्पतालको नाम ‘शहिद सूर्यनाथ रानयादव स्मृति अस्पताल’ राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । बैठकले मुक्त हलिया पुर्नस्थापना समस्या समाधान समिति र मुक्त कमैया पुर्नस्थापना समस्या समाधान आयोगलाई यथावत कायम राख्दै यसै आर्थिक वर्ष भित्र हलिया र मुक्त कमैयाको समस्या समाधान गर्ने निर्णय गरेको मन्त्री विश्वकर्माले बताए ।

बैठकले युएनए शान्ति स्थापनार्थ साझा घोषणा पत्र समर्थन गर्ने निर्णय समेत गरेको छ । यस्तै मन्त्रिपरिषद् बैठकले निजामती सेवा दिवसका दिन प्रदान गरिने पुरस्कार स्वरुप १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिने गरी पुरस्कार पाउने कर्मचारीको नाममा स्वीकृत गरेको छ ।

Logo