खाना पकाउने ग्याँस ३ बर्ष यताकै महँगो !

खाना पकाउने ग्याँस ३ बर्ष यताकै महँगो !

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले बुधबार पट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि खाना पकाउने एलपी ग्यास ३ बर्ष यता कै महँगो भएको छ  ।  निगमले बुधबार  पेट्रोलमा  रु १, डिजेल तथा  मट्टितेलमा रु  ३  बृद्धि गर्ने निर्णय गरेको हो। यस्तै ग्यासमा पनि  प्रति सिलिन्डर  रु  २५ बृद्धि भएको निगमले जनाएको छ । 

नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर १ सय १२, डिजेल र मट्टीतेल प्रतिलिटर ९८ रुपैयाँमा बिक्रिवितरण हुने छ। त्यस्तै खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य प्रति सिलिन्डर  १ हजार ४ सय रुपैयाँ कायम भएको  छ। 

मूल्य वृद्धि  संगै एलपी ग्यास ३ बर्ष यता कै महँगो भएको हो । यस अघि ग्यासको मूल्य २०७२ भदौ १५ मा प्रति सिलिन्डर १४ सय पुगेको थियो । त्यसपछि ३ बर्षको अन्तरलमा पहिलो पटक अहिले ग्यासको मूल्य १४ सय रुपैयाँ पुगेको हो । 

त्यस्तै डिजेल र मट्टीतेल ४५ महिना यता कै महँगो भएको छ । यस अघि डिजेल र मट्टीतेलको मूल्य २०७१ साल मङ्सिरमा प्रति लिटर ९७.५० रुपैयाँ रहेको थियो । त्यसपछि पहिलो पटक अहिले डिजेलको मूल्य ९८ रुपैयाँ पुगेको हो । 

Logo