म्याग्दी
प्रधानाध्यापकलाई चरम गरिबीका कारण आफू विद्यालय आउन नसक्ने पत्र लेखेकी बेनी नगरपालिका–६, फोओठेकी १२ वर्षीया पूजा खत्रीको नाममा गरिमा विकास बैंक बेनी शाखामा खोलिएको खातामा बुधबार सम्म ११ लाख १३ हजार आर्थिक सहयोग जुटेको छ ।
गरिबीका कारण अध्ययनबाट पूजा वञ्चित हुनु पर्ने अवस्था आएको र यही बेहोरा राखेर उनले प्रधानाध्यापकलाई पत्र लेखेको समाचार सार्वजनिक भएपछि सहयोगी हात जुटेका हुन् । पूजाको खातामा पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले २१ हजार रुपैयाँ, बागलुङ घर भई हाल पोर्चुगलमा रहेका नेपाली व्यवसायी नरेन्द्र हमालले ५० हजार रुपैयाँ, कोरियामा रहेका म्याग्देलीको पहलमा ५० हजार रुपैयाँ, अस्टे«लियाको ब्रिसबेन चौतारील ३० हजार रुपैयाँ, सत्यसाई केन्द्र काठमाडौंले २६ हजार २६० रुपैयाँ, पूर्वन्यायाधीश बलराम केसीले २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै अमेरिकाबाट शोभा पाण्डेले २७ हजार ९ सय, बेलायतबाट इशा गुरुङले १ लाख व्यक्तिगतसहित साथीहरुबाट उठाएर कुल २ लाख ११ हजार, नागरिक दैनिकमार्फत १ लाख ९ हजार सात सय ९३, ललितपुर खुमलटार निवासी डा हरिकुमार प्रधानले ६० हजार रुपैयाँ सहयोग गरेका छन् ।
पूजालाई ५ सय रुपैयाँ देखि २ लाख सम्म सहयोग प्राप्त भएको छ । आर्थिक सहयोग जुटाउने अभियानको नेतृत्व गरिरहेका विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगानाका अनुसार बुधबारसम्म ११ लाख १३ हजार रुपैयाँ पूजाको खातामा जम्मा भएको छ ।
नागरिकबाट





























प्रतिक्रिया