कालिकोट
कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ५ मोल्फामा भिषण पहिरोे जाँदा स्थानीयवासीको १ सय ७ घरहरु जोखिममा परेका छन् । एक महिना देखी परेको अबिरल बर्षासँगै मोल्फामा आएको भिषण पहिरोले घोडेना र मोल्फा बजारका गरी एक सय ७ घरहरु उच्च जोखिममा परेका हुन् ।
सोमबार बिहान करीव २ बजेतिर आएको पहिरोेले स्थानीय सबैलाई त्रसित बनाएर गाउँ छाड्नुका साथै स्थानीयवासीको बिचल्ली भएको छ । खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगदिश शाहीले घोडेना गाउँको छेउबाट खसेको पहिरोले कर्णाली राजमार्गसँग जोडिएको मोल्फाबजारका ५१ घरहरु र घोडेनाका ५६ घरहरु निकै जोखिममा परेको बताए । उनले घोडेनाको छेउमा फुटेको पहिरोले स्थानीय पदमबहादुर शाहीको पुरै घर भासिदिएकाले उनीहरुको बिचल्ली भएको बताए ।
उनका अनुसार घोडेनाको गाउँको तलतिरबाट निरन्तर पहिरो खस्दा पुरै गाउँ जोखिममा परेको छ । पानीको मुहान सहितको पहिरोले माथि घोडेना र तल मोल्फाको बजार नै जोखिममा परेकाले गाउँका सबै स्थानीय नागरिकहरु गाउँ छाड्नु पर्ने अबस्था आएको वडा अध्यक्ष शाहीले बताए ।
स्थानीय कमल चौलागाईको भनार्इ अनुसार ०६५ सालमा सो ठाँउमा आएको पहिरोले ६ घर लगेको थियोे । उनले भने त्यतिबेला पहिरो आउँदा पहिरो रोकथामका लागि कतिपय ठाँउमा ग्याबिन लगाएर पुन स्थानीयले घरहरु निर्माण गरेपनि माथिवाट आउने पहिरोले ठुलो क्षति पार्न नसकेको बताए ।
राजधानीबाट





























प्रतिक्रिया