पूर्वमाओवादी बालसेना लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामवहादुर थापा बादलसँग स्पष्टिकरण मागेका छन् । प्रधानमन्त्री ओलीले विष्टलाई फर्काइएको विषयमा गृहलाई तत्काल जवाफ माग गरेका हुन् ।
गत शुक्रबार बैंककमा हुने कार्यक्रममा सहभागी हुन जान लागेका बिष्टलाई अध्यागमन विभागले रोकेको थियो । विष्ट थाइल्याण्डको बैंककमा द्वन्द्वरत क्षेत्रमा युवा–सामाजिक सहभागिताद्वारा उपचार र शान्ती स्थापना विषयक कार्यशालमा सहभागी हुन जान लागेका थिए ।
अध्यगमन कार्यालयले नेपाल सरकारको कुनै पनि निकायको सिफारिस तथा स्वीकृती नभएको भन्दै विष्टलाई रोकेको थियो ।





























प्रतिक्रिया