कंचनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउदै सुनसरीको इनरुवामा एक युवती सामुहिक बलात्कारमा परेकी छन् । इनरुवा नगरपालिका–६ मधेशामा २४ वर्षीया युवतीलाई शनिबार राति सामूहिक बलात्कार गरिएको हो ।
मानसिक असन्तुलन रहेकी युवतीमाथि सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । युवती अर्धचेत अवस्थामा नग्न फेला परेकी थिइन्।
उनको योनीबाट रगत बगेकाले जिल्ला अस्पताल इनरुवामा प्राथमकि उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको छ । घटनामा संलग्न आशंकामा प्रहरीले तीन युवकलाई नियन्त्रणमा लिएको छ ।





























प्रतिक्रिया