सिन्धुपाल्चोक
समथर सडक हुने हो भने २१ किलोमिटर सडक पार गर्न बढीमा १५/२० मिनेट लाग्छ, उकालो भए पनि कम्तीमा एक घण्टामा त पुगिन्छ । झन्डावाल गाडीलाई नै २१ किलोमिटर सडक पार गर्न पाँच घण्टा बढी समय लागेपछि मन्त्री नै छक्क परेका छन् ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले गरेको आधारभूत शिक्षा सुनिश्चित घोषणा कार्यक्रमका प्रमुख अतिथि थिए प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल । झन्डावाल गाडीमा बिहान ८ बजे खाडीचौरबाट अघि बढेको उनको टोली सडक पार गरेर कार्यक्रममा पुग्दा दिउँसोको २ बजेको थियो । त्यो पनि सहजै पुग्न नसकेपछि गाउँपालिकाले अर्को गाडीको व्यवस्था गरेको थियो ।
‘सडक बिग्रेको छ भन्ने सुनेको थिएँ त्यसैले बढीमा दुई घण्टामा त पुगिएला नि भनेर ८ बजे नै खाडीचौरबाट हिँडेको थिएँ तर पाँच घण्टा बढी समय लाग्यो,’ कार्यक्रम स्थलमा हस्याङफस्याङ गर्दै आएका मन्त्री दुलालले भने, ‘दुई वर्ष देखि यो सडकमा यात्रा गर्नेहरूले कसरी यात्रा गरिरहेका होलान् अनि कसरी सवारीसाधन सञ्चालन गरिरहेका होलान्, आफैंले भोग्नु प¥यो, दुःखी छु ।’
सडक स्तरोन्नतिका नाममा निर्माण व्यवसायीको लापरबाहीले सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका यात्रीले साढे दुई वर्ष देखि दुःख पाइरहेका छन् । खाडीचौरदेखि मुढेसम्मको सडकखण्ड जम्मा २७ किलोमिटर मात्रै छ । यो सडकमा सवारी चालक मात्रै होइनन्, यात्रु पनि हिँड्न तर्सिन्छन् । ठूला सवारीसाधन त ठेलामठेल गरेरै भए पनि जसोतसो गन्तव्यमा पुग्छन् तर साना सवारीसाधन भने यो सडकबाट अघि बढ्ने कल्पना पनि गर्न सक्दैनन् ।
खाडीचौर देखि मुढेसम्म सिन्धुपाल्चोक पर्छ । त्यहाँबाट चरिकोटसम्म दोलखा । जम्मा ५५ किलोमिटर सडक पार गर्न आजभोलि कम्तीमा पनि १० घण्टा लाग्ने गरेको छ । सडकको दुर्दशाका कारण एम्बुलेन्स नै सहज रूपमा चल्न नसक्दा बिरामीलाई समयमै अस्पताल पु¥याउन समेत नसकिने अवस्था छ । अस्पतालमा उपचार गराएर घर फर्किएका बिरामी चरिकोटसम्म पुग्दा पुनः बिरामी हुने अवस्था छ ।
राजधानीबाट





























प्रतिक्रिया