काठमाडौँ

सरकारी अनुगमन टोलीले सोमबार बिहानै बल्खुस्थित तरकारी बजारमा छापा मारेको छ । "/>

आज विहानै बल्खु तरकारी बजारमा सरकारको छापा

आज विहानै बल्खु तरकारी बजारमा सरकारको छापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारी अनुगमन टोलीले सोमबार बिहानै बल्खुस्थित तरकारी बजारमा छापा मारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले सोमबार बिहान ४ बजे तरकारी बजारमा छापा मारेर एकजना व्यापारीलाई पक्राउ गरेको हो । विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा पुगेको सरकारी टोलीलाई व्यापारीहरुले अवरोध गरेपछि झडपको अवस्था उत्पन्न भएको थियो ।

व्यापारीहरुले सरकारी टोली माथि अभद्र व्यवहार र हुलहुज्ज समेत गरेपछि त्यहाँका व्यापारी रवि साहलाई पक्राउ गरिएको आपूर्ति मन्त्री मातृका प्रसाद यादवका जनसम्पर्क अधिकृत यज्ञराज पोखरेलले जानकारी दिएका छन् । यसअघि २०७३ असारमा अनुगमनमा पुगेका तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुन सहितको टोली माथि त्यही बजारमा व्यापारी साहसहितले बन्दगोभी लगायत तरकारीले हानेका थिए ।

अनुगमन गर्न पुगेको टोलीले प्रमाणित नगरेका ढक र तराजुहरु उठाएपछि तरकारी व्यापारीहरुले आक्रमण गरेका थिए । त्यो बेला पनि व्यापारी साहसहितले अनुगमन टोली माथि इट्टा, लौका, मुला र पानीको बोत्तलले आक्रमण गरेका थिए ।

साहलाई पक्राउ गरेपछि व्यापारीहरुले बजार भित्र र बल्खु चोकमा निस्केर बिरोध प्रदर्शन गरेका छन् । सरकारी टोलीको अनुगमनका क्रममा बल्खु तरकारी बजार क्षेत्रका कुनै पनि व्यापारीले व्यवसाय दर्ता नगरेको भेटिएको छ । व्यापारीहरुसँग पान नम्बर समेत नरहेको अनुगमन टोलीले जनाएको छ । केहि दिन अघि कालिमाटी तरकारी बजारमा छापा मारेपछि त्यहाँका व्यापारीले पनि टोपी माथि अभद्र व्यवहार गरेका थिए ।
अन्नपूर्णबाट

Logo