रौतहट
रौतहटको लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा हराएका २१ जना यात्रुको उद्धार गरिएको छ । डुंगा दुर्घटनामा परेका अझै ५ जना वेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । उद्धार गरिएका महेन्द्र सहनीका अनुसार डुंगामा २६ यात्रु सवार थिए । यस अघि ४० जना भन्दा वढी रहेको भनिए पनि अहिले २६ जना रहेको पुष्टि भएको छ ।
हराएका मध्ये डुंगा सहचालक गौर नगरपालिका–४ का ओमप्रकाश चन्द्रबंशी, सोही ठाउँका ४० वर्षीया इन्दु देबी, ५० वर्षीया सान्ति देबी, इस्नाथ नगरपालिका औरैयाकी ४० वर्षीया रूना देबी र १० वर्षीया बालिका उषमा कुमारी पटेल रहेका प्रहरीले जनाएको छ । बिहानै देखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजि कार्य जारी राखेका छन् ।
नागरिकबाट





























प्रतिक्रिया