सिरहा

कमला नदीमा नुहाउने क्रममा शनिबार साँझ तीन जना बेपत्ता भएका छन् । बेपता हुनेमा सिरहा गोलबजार ४ का १४ वर्षीय मन्जय महरा, १५ वर्षीय राहुल महरा र अर्नामा गाउँपालिका ५ का १९ वर्षका कृष्ण कुमार महतो रहेका छन् । "/>

नुहाउने क्रममा कमला नदीले ३ जनालाई बगायो

नुहाउने क्रममा कमला नदीले ३ जनालाई बगायो

केन्द्रबिन्दु
0
Shares

सिरहा

कमला नदीमा नुहाउने क्रममा शनिबार साँझ तीन जना बेपत्ता भएका छन् । बेपता हुनेमा सिरहा गोलबजार ४ का १४ वर्षीय मन्जय महरा, १५ वर्षीय राहुल महरा र अर्नामा गाउँपालिका ५ का १९ वर्षका कृष्ण कुमार महतो रहेका छन् ।

उनीहरु शनिबार कमला नदीमा स्नान गर्न गएका थिए । कमला नदीको बन्दिपुर क्षेत्रमा पानीको वहाव बढेर तीनै जनालाई बगाएको सिरहा प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए । तीनै जनाको खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको छ । भारतीय सहर जयनगरको प्रहरीसँग समन्वय गरेर पनि खोजी जारी रहेको एसपी श्रेष्ठले बताए ।

Skip This
Skip This
Logo