भीमदत्तनगर

कञ्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झण्डिएर आत्महत्या गरेका छन् । "/>

बिहे भएको ३ महिनामै श्रीमान–श्रीमतीद्वारा झुण्डिएर आत्महत्या !

बिहे भएको ३ महिनामै श्रीमान–श्रीमतीद्वारा झुण्डिएर आत्महत्या !


भीमदत्तनगर

कञ्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झण्डिएर आत्महत्या गरेका छन् ।

आफ्नै सुत्ने कोठामा झुण्डिएर स्थानीय २२ वर्षीय मनोज थापा र २१ वर्षीया दीपा थापाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दोधराचाँदनीले जनाएको छ ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक नारायण गिरीले श्रीमान/श्रीमती अलग/अलग चुन्नीमा झुण्डिएको अवस्थामा भेटिएको बताए ।

मृतकका भाइले झ्यालबाट दाइ/भाउजु झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकहरुको गत जेठमा विवाह भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

Logo