आगामी १० गते सबै देवदेवता गोसाइँकुण्डमा भेला हुने बिश्वास

आगामी १० गते सबै देवदेवता गोसाइँकुण्डमा भेला हुने बिश्वास

केन्द्रबिन्दु
0
Shares

यही भदौ १० गते लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका लागि भक्तजनको ओइरो लाग्न थालेको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार उक्त मेला भर्न बिहीबार साँझसम्म दुई हजारभन्दा बढी भक्तजनको आगमन भइसकेको छ । 

एक पटक पुग्नैपर्ने तीर्थस्थलका रूपमा गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन प्राय जनैपूर्णिमाका बेला आयोजना हुने गोसाइँकुण्डमा मेला भर्न जाने गरेका हुन् । अहिले उक्त मेलामा कपिलवस्तुदेखि ताप्लेजुङसम्मका भक्तजन आएका जानकारी दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालयले भक्तजन आउनेक्रम बढिरहेको जनाएको छ । यस वर्षको मेलामा १५ हजार भक्तजनले गोसाइँकुण्डको स्नान गर्ने अपेक्षा गरिएकोे गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । 

समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष भगवान् शङ्करले पिएर घाँटीमा पु¥याएपछि भएको छटपटी शान्त पार्न निलाद्री पर्वतमा पुगेर त्रिशूल बजारी निकालेको पवित्र जलले पानीको प्यास मेट्नुका साथै त्यही जलले बनेको कुण्डमा विराजमान रहनुभएकाले प्राणी जगतलाई बचाउन भगवान् शिवको संझनामा दर्शनार्थी वर्षेनी गङ्गादशरामा १० दिन र भाद्र शुल्क पूर्णिमा अर्थात् जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन हजारौँ भक्तजन उक्त कुण्डमा स्नान तथा गर्न जाने गर्छन् । 

भाद्रशुक्ल पुत्रदा एकादशीदेखि जनैपूर्णिमासम्म लाग्ने यो मेलामा पूर्णिमाको दिन सबै देवी दवता गोसाइँकुण्डमा स्थान गर्ने विश्वासका साथ त्यस दिन दिन कुण्डमा पूजाआजा गर्नाले सम्पूर्ण देवीदेवताको दर्शन पाइने धार्मिक मान्यता रहिआएको छ । 

कुण्डमा स्नान गर्न जाने भक्तजनका लागि बास र भोजनको व्यवस्था गर्न स्थानीय व्यवसायी र उपचारका लागि हिमालय उद्धार सङ्घ, सक्षम नेपाल, अक्सफोर्ड युनिभर्सिटी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल रेडक्रस सोसाइटी रसुवा शाखा र लाङलाङ राष्ट्रिय निकुञ्जका कालिजङ्ग गणका चिकित्सक खटेका गोसाइँ क्षेत्र विकास समितिले जनाएको छ । 

तीर्थयात्रीको सहयोगका लागि स्वयंसेवक परिचालन गरिएको रेडक्रसका सभापति बाबुलाल तामाङले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बेत्रावतीदेखि गोसाइँकुण्डसम्म यात्रुको सुरक्षाका लागि प्रवन्ध मिलाइएकाले निर्धक्कसाथ यात्रा गर्न यात्रुलाई आग्रह गरे ।

Skip This
Skip This
Logo