काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकीकरण कार्यदलहरूले केन्द्रीय कार्यालयमा बुझाएको सिफारिस प्रति कतिपय जिल्लामा पूर्वएमाले भित्र असन्तुष्टि देखिएको छ । काठमाडौं, ललितपुर, प्रदेश नम्बर ५ का केही जिल्लाका नेताले एकीकरण कार्यदलको सिफारिसप्रति असन्तुष्टि जनाउँदै सच्याउन माग गरेका छन् ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा महासचिव विष्णु पौडेललाई भेटेरै उनीहरूले प्रतिवेदन एकपक्षीय भएको भन्दै सच्याउन माग गरेका हुन् । यसरी असन्तुष्टि जनाउँदै प्रतिवेदन सच्याउन माग गर्ने अधिकांश जिल्लास्तरीय नेताहरू माधवकुमार नेपाल निकट छन् । केन्द्रीय सचिवालयले ७ भदौ भित्र एकीकरण कार्यदललाई प्रतिवेदन बुझाइसक्न निर्देशन दिए पनि प्रदेश १ र २ ले अझै बुझाएका छैनन् ।
यता विद्यार्थी कार्यदलले विद्यार्थीको नेतत्व टुंगो मात्र नलगाई प्रतिवेदन बुझाएको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए । दुवै संगठनको झन्डा एउटै भएकाले कुनै विवाद छैन । पूर्वएमाले अखिलबाट उपाध्यक्ष रश्मि आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली अध्यक्षका मुख्य दाबेदार छन् । अखिल क्रान्तिकारीबाट अध्यक्ष रञ्जित तामाङ र उपाध्यक्ष सुरेन्द्र बस्नेत दाबेदार छन् ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया