काठमाडौँ
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० छापका पहिरोबाट बिस्थापित घर परिवारलाई अक्वा बक्स प्रदान गरेको छ ।
उक्त ठाउँमा भदौ ६ गते आयोजित एक कार्यक्रमवीच नगरपालिकाका मेयर टोकबहादुर वाइवा र सशस्त्र प्रहरी उपरीक्षक बेनुप्रसाद पाठकले पहिरोबाट विस्थापित १९ घरपरिवारलाई सो अक्वाबक्स हस्तान्तरण गरे । अक्वाबक्समा खानाको सामग्री बाहेक घरमा प्रयोग हुने आधारभूत सामग्रीहरु रहेको छ । जसमा खाना पकाउने भाडा, पानी फिल्टर, त्रिपाल, डोरी, करौती, कपि, कलम, तौलिया, बच्चाको खेलौना लगायतका सामाग्रीहरु रहेका छन् ।
सो अक्वाबक्स सशस्त्र प्रहरी बल नेपाललाई रोटरी इन्टरनेशनल नेपालबाट प्राप्त भएको थियो । प्रति अक्वाबक्समा करीब एक लाख रुपैयाँ बराबरको राहत सामाग्री रहेको बताइएको छ । उक्त अक्वाबक्स बितरण कार्यक्रममा मेयर टोकबहादुर वाइवाले पीडित परिवारलाई नगरपालिकाले गर्ने सहयोगमा समेत कुनै कमि नहुने बताए । उनले बिस्थापित परिवारलाई नगरपालिकाको तर्फबाट समेत सहयोग गरिने उल्लेख गरे ।
सशस्त्र प्रहरी उपरीक्षक बेनुप्रसाद पाठकले सशस्त्र प्रहरी बलले आगामी दिनहरुमा समेत विपत्तीबाट पीडितहरुका लागि सहयोगको कार्यक्रमहरुलाई निरन्तरता दिइने बताए । संगठनले उद्धारकार्य तथा राहत वितरण कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको चर्चा गर्दै सशस्त्र प्रहरी उपरीक्षक पाठकले विपत्ती पीडित नागरिकलाई उद्धार कार्यमा संगठनले उत्कृष्ट योगदान पु¥याईरहेको उल्लेख गरे ।
राहत वितरण कार्यक्रमा नगरपालिकाका कार्यकारी , वडाका वडाध्यक्ष, वडा सदस्यहरु, सशस्त्र प्रहरी, भुगर्भ विद , पत्रकार, इको हिमाल नेपाल संस्थाका प्रतिनिधि, कारितास नेपाल प्रतिनिधि , विपत ब्यबस्थापन तथा अनुगमन समिती, समाज सेविहरु र अन्य सर्वसाधारणको उलेख्य उपस्थिती थियो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया