काठमाडौँ

नेपाल वायूसेवा निगमको ७ वटा विमान ग्राउन्डेड भएको छ । आन्तरिक उडानमा रहेको ९ वटा विमानमा अहिले ७ वटा विमान ग्राउन्डेड भएको हो । "/>

नेपाल वायूसेवा निगमका ७ वटा विमान ग्राउण्डेड : आन्तरिक उडान प्रभावित

नेपाल वायूसेवा निगमका ७ वटा विमान ग्राउण्डेड : आन्तरिक उडान प्रभावित

केन्द्रबिन्दु
3
Shares

काठमाडौँ

नेपाल वायूसेवा निगमको ७ वटा विमान ग्राउन्डेड भएको छ । आन्तरिक उडानमा रहेको ९ वटा विमानमा अहिले ७ वटा विमान ग्राउन्डेड भएको हो ।

ती विमानहरू ग्राउन्डेड भएपछि आन्तरिक उडानहरु पनि प्रभावित भएका छन् । निगमले चीनबाट आयत गरेको वाई १२ ई ४ १७ सिट क्षामताका विमानमध्ये अहिले एउटा मात्र संचालनमा रहेको छ भने ३ वटा विमान ग्राउन्डेड भएको छ । चीनको हार्विन एयरक्राफ्टद्वारा निर्मित वाइ–१२ ई सिरिजका ४ वटा विमान रहेका छन् ।

चीनबाट नै आयत गरिएको २ ओटा एमए–६० विमान मध्ये १ मात्र सञ्चालनमा रहेको छ । अर्को एमए –६० मर्डन आर्ट ५६ सिट विमान गत महिना ग्राउन्डे भएर साउनको तेस्रो हप्ता मात्र सञ्चालनमा आएको थियो ।

हिमाली र पहाडी क्षेत्रमा उडान भर्दै आएको ट्विन्अटर विमान १ समेत ग्राउन्डेड अवस्थामा रहेको छ । ३ ट्विन्टर विमान मध्ये एउटा विमान केही समय देखि ग्राउन्डेड छ । निगमका अनुसार नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले अहिले २ वटा ट्वीनअटर विमान ग्राउन्डेड अवस्थामा रहेको छ । ४२ वर्षभन्दा पुराना ट्वीनअटर लिलामी गर्न क्यानेडाको विमान कम्पनी भ्याकीङसँग प्रकृया अगाडि बढाइए निगमले नै ढिलाई गर्दा काम समयमा हुन सकेन । उक्त कार्य सम्पन्न हुन करिव २ वर्ष सम्म लाग्ने अनुमान निगमको छ ।

निगमले विमान संख्या थपेसँगै नेपालका विमानस्थलमा उडान भर्ने योजना रहेको छ । अर्कोतर्फ करिव १७ सिट क्षमताको वाई १२ विमान ४ विमानमा ३ विमान नै त्रिभूवन विमानस्थलमा नै ह्याङगर मर्मत सम्भार गरिरहेको छ । महिनौ सम्म चिनीयाँ पाइलट अभावले गर्दा उडान भर्न नसकेका ती विमान हाल भने पाईलको परि पूर्ति भैसकेको भएपनि विमान ग्राउन्डेड हुँदा १ मात्र संचालनमा रहेको छन् । निगमले सहुलियत ऋण र अनुदानमा पाएको चीनीयाँ विमान निगमको लागि घाँडो जस्तै भएको छ । चीनीयाँ पाटपुर्जा आयात गर्नु पर्ने भनेको समयमा मर्मत गर्न कठिन र मर्मत गर्ने जनशक्तिको अभाव हुँदा खेरी निगमलाई उक्त विमानहरु घाटा वढाउने माध्यम मात्र वनेको निगम स्रोतले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Logo