धनगढी

सरकारले ‘गरिब परिचय पत्र’ वास्तविक गरिबलाई वितरण नगरेको भन्दै धनगढीका स्थानीयले विरोध गरेका छन् । "/>

पक्की घरका धनी र जमिनदारलाई पनि गरिब परिचयपत्र !

पक्की घरका धनी र जमिनदारलाई पनि गरिब परिचयपत्र !

केन्द्रबिन्दु
0
Shares

धनगढी

सरकारले ‘गरिब परिचय पत्र’ वास्तविक गरिबलाई वितरण नगरेको भन्दै धनगढीका स्थानीयले विरोध गरेका छन् । धनगढीमा उपमहानगरपालिका वडा नम्बर १२ जगेडावासीले पाउनु पर्नेले गरिब परिचयपत्र नपाएको भन्दै कार्यालयमा तालाबन्दी प्रयास गरे ।

स्थानीयले ताला लगाउने प्रयास गर्दा प्रहरीले रोकेको थियो । ‘जसले गरिब परिचायपत्र पाउनु पर्ने हो उनीहरुले पाएका छैनन्’ स्थानीय मनमाया गहतराजले भनिन्, ‘पक्की घर र विगाह जमिन भएकालाई वितरण गरिएको छ ।’

उनले असमान तरिकाले परिचयपत्र बाँडेकोमा आक्रोस व्यक्त गरिन् । ७५ वर्षीय दत्तुराम सार्कीले गरिब परिचयपत्र वितरणमा राज्यले विभेद गरेको आरोप लगाए । ‘मेरो एक कठ्ठा जमिन छैन’, उनले भने, ‘तर सरकारको नजरमा म गरिबमा परिन ।’

सरकारले निम्न बर्गलाई लक्षित गरेर ल्याएको गरिब परिचयपत्र सम्पन्न परिवारलाई वितरण गरेपछि धेरैले विरोध जनाएका छन् । उनीहरुले दैनिक वडा कार्यालयमा धर्ना समेत दिने गरेका छन् । आफ्नो नाममा एक कठ्ठा जग्गा नहुँदा पनि सरकारले गरिब परिचयपत्र नदिएको स्थानीय धर्मसिंह थापाले बताए । ‘मेरो नाममा एक कठ्ठा पनि जग्गा छैन । ऐलानी जमिनमा बस्दै आएको छु’, उनले भने, ‘तर पनि परिचयपत्र पाइन, सरकारले कुन आधारमा वितरण गरेको हो ?’
अन्नपूर्णबाट

 

Logo