काठमाडौं

सुन तस्करबारे छानबिन गर्न बनेको छानबिन समितिले ३३ किलो सुनकाण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । "/>

ठूला नेता तानिने भएपछि प्रतिवेदन नै गायब : ३३ किलो सुनकाण्ड

ठूला नेता तानिने भएपछि प्रतिवेदन नै गायब : ३३ किलो सुनकाण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सुन तस्करबारे छानबिन गर्न बनेको छानबिन समितिले ३३ किलो सुनकाण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनबारे अहिले सम्म चाइँचुइँ भएको छैन ।

करिब तीन महिना सम्म देशको चर्चित प्रमुख खबर नै उक्त सुनकाण्ड बनेको थियो तर सो प्रकरणमा नेकपा र नेपाली कांग्रेसका उच्च नेताको संलग्नता रहेको खुल्दै गएपछि प्रतिवेदनकै चर्चा हुन छाडेको छ ।

समितिले ३ सय भन्दा धेरै माथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको कुरा बाहिर आएको थियो । केही चर्चित व्यक्ति समेत फस्ने भएपछि यसलाई गुपचुप राख्न खोजिएको जानकारहरूको आरोप छ । टोलीले प्रतिवेदन बुझाएसँगै यो प्रकरणलाई विभिन्न बहानामा अन्यत्र मोड्ने अथवा घटनाक्रमलाई मुख्य दोषीसमक्ष नपु¥याई पूर्णविराम लगाउने चलखेल भएको समाचारस्रोतको दाबी छ ।

बारम्बार आफूहरू ठूलामाछाको नजिक पुगेको बताइरहने गृहमन्त्री थापा पनि प्रतिवेदन बुझाइएपछि मौन छन् । ‘यही काण्डमा केही पहिले पक्राउ परेका विमल पोद्दारले छानबिन समितिसमक्ष केही नेताको नाम पोलेपछि यो विषय गुमनाम पार्न खोजिएको बताइन्छ ।’ –स्रोतले बतायो । पोद्दारले कमिसनमा केही पूर्वमन्त्रीसम्मलाई सेटिङ मिलाएको खबर आएपछि अनुसन्धान झन सुस्ताएको छ ।

यसैबीच प्रहरीले उक्त सुनकाण्डको अनुसन्धान गर्न लागेको खबर सार्वजनिक गरिए पनि प्रहरी–प्रहरीबीच नै कुरा बाझिएको छ । यसको जिम्मा अपराध महाशाखा टेकुलाई दिइएको बताइएको थियो तर अनुसन्धान सतहीरूपमा गरेर मुद्दा नै बन्द गराउन खोजिएको केही जानकारहरू बताउँछन् ।
नेपाल समाचारपत्रबाट

Logo