काठमाडौं

संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी बिदामा छन् । "/>

यस्तो छ प्रधानन्यायाधीश नियुक्तिको अन्तरकथा : ५ महिनापछि फेरि जोशी कि जबरा ?

यस्तो छ प्रधानन्यायाधीश नियुक्तिको अन्तरकथा : ५ महिनापछि फेरि जोशी कि जबरा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी बिदामा छन् । बिदामा बसेका जोशीलाई शनिबार साँझ फोनमा सोधियो, ‘सुनुवाइ समितिबाट अस्वीकृत भएपछि बिदामा बस्नु भएको छ, कसरी समय बित्दै छ ? उनको सटीक जवाफ आयो, ‘नयाँ प्रधानन्यायाधीश कहिले नियुक्त हुन्छ भनेर कुरेर बसेको छु, अब नियुक्त हुने प्रधानन्यायाधीशलाई स्वागत गर्न आतुर छु ।’

संवैधानिक परिषद्का एक जना सदस्य (प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा) उपचारका गर्न मुलुक बाहिर भएका कारण प्रधानन्यायाधीश सिफारिस गर्न डाकिएको परिषद बैठक स्थगित छ । देउवा फर्कने मिति तय भएपछि मात्र अब परिषद्को बैठक तय हुँदैछ ।

जोशी अस्वीकृत भएर बिदामा बसेपछि हाल जोशी भन्दा तल्ला वरीयताका न्यायाधीश ओमप्रकाश मिश्र कायम मुकायम प्रधानन्यायाधीश छन् । न्याय परिषद्ले यसअघि नै जोशी, मिश्र र तेस्रो वरीयताका न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषदमा पठाइसकेको छ ।

जोशी अस्वीकृत भएपछि अब परिषद्ले मिश्रलाई प्रधानन्यायाधीशमा (परम्पराको निरन्तरता भए अनुसार ) प्रस्ताव गर्नेछ । संसदीय सुनुवाइबाट अनुमोदन भए मिश्र आगामी १८ पुस सम्म प्रधानन्यायाधीश बन्नेछन् । त्यसपछि उमेरहदका कारण उनले अवकाश पाएपछि वरिष्ठताका आधारमा जबरा प्रधानन्यायाधीशका एक मात्र दाबेदार हुन् ।

तर प्रश्न उठ्छ, प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशी राजीनामा नदिई बसिरहे भने मिश्रको अवकाशपछि जोशी पुनः प्रधानन्यायाधीशका दाबेदार हुनेछन् त ? जोशी राजीनामा नगरी न्यायाधीशको हैसियतमा सर्वोच्चमा कायम रहे भने वरिष्ठताक्रममा जबरा भन्दा उनी माथि हुनेछन् ।

मिश्रको अवकाशपछि संवैधानिक रूपमै त्यसबेला जोशी र जबरा मात्र प्रधानन्यायाधीशका लागि योग्य हुनेछन् । प्रधानन्यायाधीश बन्न सर्वोच्च अदालतको न्यायाधीशका रूपमा तीन वर्ष काम गरेको हुनैपर्ने संवैधानिक बाध्यता छ ।वरीयताक्रममा जोशी र जबरामुनिका हाल सर्वोच्चमा रहेका दीपककुमार कार्कीसँगै नियुक्त भएका न्यायाधीशहरू संवैधानिक रूपमा कसैको पनि प्रधानन्यायाधीश बन्ने योग्यता पुग्दैन । उनीहरू १७ साउन २०७६ मा मात्र प्रधानन्यायाधीशका लागि योग्य हुनेछन् ।
राजधानीबाट

Logo