काठमाडौं

नयाँ मुलुकी (संहिता) ऐनकोे दफा ५३ (१) ले कसैले नेपाल विरुद्ध हातहतियार उठाई युद्ध गर्न वा युद्ध गर्ने घोषणा गर्न, युद्ध गर्ने उद्योग गर्न वा धम्की दिन वा नेपाल विरूद्ध युद्ध गर्ने नियतले हातहतियार, खरखजाना जम्मा गर्न वा सैनिक वा अर्धसैनिक संगठन निर्माणमा रोक लगाएको छ । "/>

राष्ट्रपति र सांसद माथि आक्रमण गर्नेलाई जन्मकैद हुने : नयाँ मुलुकी ऐन

राष्ट्रपति र सांसद माथि आक्रमण गर्नेलाई जन्मकैद हुने : नयाँ मुलुकी ऐन


काठमाडौं

नयाँ मुलुकी (संहिता) ऐनकोे दफा ५३ (१) ले कसैले नेपाल विरुद्ध हातहतियार उठाई युद्ध गर्न वा युद्ध गर्ने घोषणा गर्न, युद्ध गर्ने उद्योग गर्न वा धम्की दिन वा नेपाल विरूद्ध युद्ध गर्ने नियतले हातहतियार, खरखजाना जम्मा गर्न वा सैनिक वा अर्धसैनिक संगठन निर्माणमा रोक लगाएको छ । आगामी १ भदौको बिहानीसँगै नेपालमा लागू हुने ऐनले संविधानसँग असन्तुष्टि जनाउँदै आएको विप्लव नेतृत्वको नेकपाको कतिपय गतिविधिलाई रोक लगाउने छ ।

त्यस्तै ऐनको उपदफा २ ले कुनै विदेशी सेनालाई कुनै किसिमको सामरिक वा सैनिक सूचना दिन वा अन्य कुनै किसिमबाट सहायता गर्न बन्देज लगाएको छ । कसैले ऐन उलंघन गरी कसूर गरे वा गराएमा जन्मकैद हुने व्यवस्था गरिएको छ । ऐनको दफा ५४ मा मित्रराष्ट्रविरुद्ध युद्ध वा विद्रोह गर्न नपाइने भनिएको छ ।

कसैले नेपालको भूमि प्रयोग गरी नेपालसँग दौत्य सम्बन्ध भएको मित्रराष्ट्रविरुद्ध हातहतियार उठाई युद्ध गर्न, त्यसको धम्की दिन वा युद्ध गर्ने उद्योग गर्न वा विद्रोह गर्न वा गराउनेलाई ७ वर्ष सम्म कैद र ७० हजार रुपैयाँ सम्म जरिवाना तोकिएको छ ।

ऐनको दफा ५६ मा जासूसी सम्बन्धी व्यवस्था गरिएको छ । नेपालको सैनिक स्थिति, सामरिक व्यवस्था वा आन्तरिक सुरक्षाको विषयका सम्बन्धमा जासूसी गर्ने वा गराउने व्यक्तिलाई २५ वर्ष सम्म कैद र सरकारले राजनीतिक, आर्थिक वा कूटनीतिक दृष्टिकोणले गोप्य राख्नु पर्ने विषय वा अन्य कुनै गोप्य लिखतका सम्बन्धमा जासूसी गर्ने वा गराउने व्यक्तिलाई ५ देखि १० वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।

राष्ट्रपति र सांसद माथि आक्रमण गर्नेलाई जन्मकैद

मुलुकी ऐनको दफा ५७ मा राष्ट्रपति उपर आक्रमण प्रतिवन्ध लगाइएको छ । ऐनअनुसार कसैले राष्ट्रपतिको ज्यान लिन वा ज्यान लिने उद्योग गरे जन्मकैद, राष्ट्रपतिलाई अपहरण गरे वा गराए वा शरीर बन्धक लिन वा लिन लगाए १० देखि १५ वर्षसम्म कैद, कसैले राष्ट्रपति माथि कुनै किसिमले आक्रमण गरे वा गराए ५ देखि १० वर्षसम्म कैदको सजायँ तोकिएको छ । यस घटनाबारे उजुरी जहिले पनि लाग्ने छ ।

तेजाव छर्किनेलाई ८ वर्ष कैद

मुलुकी ऐनको ‘गर्भ संरक्षण विरुद्धको कसूर’ दफा १९३ मा तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्ने निकृष्ट कार्यमा उद्यतका लागि कडा व्यवस्था गरिएको छ । सो कसूर गर्नेलाई प्रकृति हेरी अनुहार कुरुप पारेमा ५ वर्ष देखि ८ वर्ष सम्म कैद र १ लाख रुपैयाँ देखि ५ लाख रुपैयाँ सम्म जरिवाना र शरीरको अन्य अंग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याए तीन वर्ष देखि ५ वर्ष सम्म कैद र ५० हजार रुपैयाँ देखि ३ लाख रुपैयाँ सम्म जरिवाना हुनेछ । जरिवाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्नेछ ।

भिक्षा माग्न रोक

जथाभावी भिक्षा माग्नेलाई पनि कारवाही हुने व्यवस्था ऐनमा गरिएको छ । दफा १२६ मा भिक्षा माग्न वा माग्न लगाउन रोक लगाइएको छ । कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन गर्न पाइने छैन । ऐन उलंघन गरी भिक्षा मागे त्यो भिक्षा समेत जफत हुने ऐनमा उल्लेख छ ।
नयाँ पत्रिकाबाट

Logo