सुहाङलाई डम्बरको बधाई, ‘विकासका लागि विजय सार्थक रहोस्’

सुहाङलाई डम्बरको बधाई, ‘विकासका लागि विजय सार्थक रहोस्’

केन्द्रबिन्दु
84
Shares

इलाम । इलाम २ को उपनिर्वाचनमा पराजित भएपछि कांग्रेस जिल्ला सभापति समेत रहेका उम्मेदवार डम्बर खड्काले विजयी सुहाङ नेम्वाङलाई बधाई दिएका छन् ।

सभापति खड्काले जनताका आशा, अपेक्षा र आवश्यक्ता पूरा गर्दै क्षेत्रको समुचित विकासका लागि विजय सार्थक रहोस भन्ने शुभकामना दिएका हुन् । ‘लोकतन्त्रको सुन्दरपक्ष भनेकै निर्वाचन अनि निर्वाचनमार्फत स्वस्थ प्रतिस्पर्धा गर्ने र विजयीले सबैपक्षलाई समेटेर अगाडी बड्ने हो अतः उपनिर्वाचन २०८१ मार्फत इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा एमालेका तर्फबाट उम्मेदवार सुहाङ नेम्बाङ विजयी बन्नुभएकोमा मेरो ब्यक्तिगत र सिङ्गो नेपाली कांग्रेस पार्टीका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ खड्काले भने ।

त्यस्तै, कांग्रेस इलाम सचिव पूर्णप्रसाद गौतमले विजयी उम्मेदवारलाई बधाई दिंदै प्राप्त जनमतको समान गर्न, जनअपेक्षा पूरा गर्न र सबैको साझा जनप्रतिनिधिको रूपमा प्रतिनिधित्व गर्दै सफल र इमान्दार सभासद्को भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताएका छन् ।

उनले विजयको उन्माद र उत्तेजनाको प्रस्तुतिभन्दा दायित्वबोध र जवाफदेहिता अनि पराजयको कुण्ठा र भावाबेश भन्दा संयम भएर भावी यात्रा तय गर्नु बढी सान्दर्भिक हुने पनि अपेक्षा व्यक्त गरेका छन् ।

इलाम–इलाम २ वाट प्रतिनिधि सभा सदस्यमा एमालेका सुहाङ नेम्वाङ विजयी भएपछि बधाईको ओइरो लागेको छ ।

निर्वाचनमा कांग्रेसका खड्कालाई ५ हजार ३० मतले उछिन्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन ।नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन । यस्तै पहिचान पक्षधर उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ११हजार ४ सय ५७ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत ल्याएका छन ।

Skip This
Logo