टिपरले फेरि मान्छे मार्यो

टिपरले फेरि मान्छे मार्यो

केन्द्रबिन्दु
0
Shares

टिपरकाे ठक्करबाट एक जनाको ज्यान गएकाे छ ।

भक्तपुरको सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको ज्यान गएकाे हो ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपर पछाडि सार्दा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सदायको उपचारका क्रममा राति १ बजे राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा मृत्यु भएको जानकारी दिए ।

ठक्कर दिने टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Logo