नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालल प्रचण्डले विप्लब समुहलाई वार्ता र सहमतिमा आउन आव्हान गरेका छन् ।
अहिलेको सरकार र पार्टी सबै प्रति उदारताको साथ सहमतिका साथ अघि बढ्ने प्रयास रहको उल्लेख गर्दै दाहालले विप्लाव समुहलाई वार्तामा आउन आह्वान गरेका हुन् । उनले बदलिदो परिस्थीतिमा मान्छेलाई आतंकित पारेर केहि नहुने र त्यसो गर्नु अज्ञानता हुने टिप्पणी पनि गरे ।
पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संघिय, प्रादेशिक र स्थानीय तहमा निर्धारण गरिएको कर सम्बन्धमा सरकारले समिक्षा गर्ने बताएका छन् । सम्मेलनमा बोल्दै प्रचण्डले जन अपेक्षा अनुरुप सरकारका कामकावाही अघि बढ्न नसकेको स्वीकार गरे । तीनै तहका सरकारले लगाएको करको मारमा जनतालाई पार्न नहुने भन्दै उनँले सरकारका कामको गम्भीर समिक्षा गर्दे समस्या सम्बोधनको उपाए खोजिने बताए ।
नयाँ राजनजीतिक प्रयोग र आवश्यक ऐन नबनिसकेकाले केही समस्या देखिएको भए पनि संघियतालाई बाईसे चौबिसे राज्य संरचना संग तुलता गर्न नमिल्ने तर्क उनले गरे ।





























प्रतिक्रिया