काठमाडौँ

दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारले ल्याएको बजेटबाट जनता निराश भएको भन्दै अर्थमन्त्री फेर्न प्रधानमन्त्री केपी शर्मा ओली माथि आफ्नै दलबाट दबाब बढेको छ । "/>

अर्थमन्त्री फेर्न प्रधानमन्त्रीलाई आफ्नै दलबाट दबाव !

अर्थमन्त्री फेर्न प्रधानमन्त्रीलाई आफ्नै दलबाट दबाव !


काठमाडौँ

दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारले ल्याएको बजेटबाट जनता निराश भएको भन्दै अर्थमन्त्री फेर्न प्रधानमन्त्री केपी शर्मा ओली माथि आफ्नै दलबाट दबाब बढेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले अर्थमन्त्री डा युवराज खतिवडाले ल्याएको बजेटका कारण जनता निराश बनेको जनाउँदै फेर्नु पर्ने माग गरेका हुन् । बजेट र अर्थमन्त्री खतिवडाको कार्यशैलीका कारण जनतामा दुईतिहाइ बहुमतको सरकारबाट निराश हुँदै गएको जनाउँदै नेकपाका सांसदहरुले अर्थमन्त्री फेर्नुपर्ने माग गरेका हु्न् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शुक्रबार सिंहदरबार पुगेका ५ नम्बर प्रदेशका सांसदहरुले अर्थमन्त्री डा खतिवडाको भूमिकाको कडा आलोचना मात्रै गरेनन् सच्चिन नसकेको अवस्थामा राजीनामा दिन लगाएर अर्थमन्त्रालयको जिम्मेवारी फेर्नु पर्ने पनि बताए । प्रदेश ५ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेका नेकपाका सांसदहरुले सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर आर्थिक वर्ष २०७५/०७६ को बजेट आएपछि सरकारबारे जनताको तहमा गुनासा मात्रै नबढी निराशा पनि छाएको बताएका हुन् ।

प्रधानमन्त्रीलाई भेटेपछि दाङ क्षेत्र नम्बर १ बाट नेकपाका सांसद मेटमणि चौधरीले खतिवडाले ल्याएको बजेटले सरकारलाई असफलको बाटोतर्फ लगेको दाबी गरे । उनले सकेसम्म अर्थमन्त्रालयले आफ्नो बजेटको त्रुटी सच्याउनु पर्ने जिकिर गरे ।
अन्नपूर्णबाट

Logo