केहि दिन अलि कम पानी परिरहेको भएपनि आज साँझ देखि ठूलो वर्षा हुने मौसमविदहरुले अनुमान गरेका छन् । नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपाल भन्दा केही तल झरे पछि बुधबार र बिहीबार थोरै मात्रामा वर्षा भएको थियो ।
शुक्रबार त्यो रेखा फेरि नेपाल नजिकै पुग्ने भएकाले बेलुकी देखि ठूलो पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद समिर श्रेष्ठका अनुसार यसकै प्रभावले अहिले देशभरीकै मौसम बदली भई केहि ठाउँमा पानी परिरहेको छ ।
आज देशभरीकै मौसम सामान्यतया बदली भइ धेरै ठाउँमा पानी पर्ने अनुमान छ । पश्चिमको एकदुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने उनले बताए । आइतबार सम्मै केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेकाले सावधानी अपनाउन मौसमविद् श्रेष्ठले आग्रह गरेका छन् ।





























प्रतिक्रिया