काठमाडौँ
सरकारले कर असुली गर्ने नाममा दुःख दिन थालेको गुनासो व्यवसायीहरुले गरेका छन् । काठमाडौंमा मदिरा व्यवसायी संघले विहीबार आयोजना गरेको ‘कर शिक्षा तथा व्यावसायिक तालिम’ कार्यक्रममा व्यवसायीहरुले सरकारले कर माथि कर थोपरेर व्यवसायीलाई हतोत्साही बनाएको गुनासो गरेका छन् ।
नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसीले मापदण्डविना सरकारले व्यवसायी माथि करको भार थोपरेको दाबी गरे । कति ठाउँमा हामीले कर तिर्ने ? स्थानीय वडा कार्यालय देखि केन्द्रीय सरकारसम्मलाई कर तिर्नु परेको छ, उनले भने, व्यवसायी माथि कर लाद्ने काम भएको छ । यसले हामीलाई ठूलो मर्कामा पारेको छ ।’
वाणिज्य संघ काठमाडौंका अध्यक्ष कृष्णमान श्रेष्ठले व्यवसायीलाई विश्वासमा लिएर कर लिनुको साटो व्यवसायलाई धरासयी बनाउने गरी सरकारले कर बढाएको बताए । हामी सरकारलाई कर तिर्न तयार छौं, तर कुनै मापदण्ड नबनाई हचुवाका भरमा कर बढाएर व्यवसायीहरुको उठिबास बनाउने काम हुँदैछ’, उनले चिल र चल्लाको उदाहरण दिँदै भने, ‘हामी चल्ला जस्ता भएका छौं, सरकार चिल जस्तो, सरकार देखेर डराउनुपर्ने स्थिति आयो ।’
संघका काठमाडौं अध्यक्ष सोनाम शेर्पाले देश संघीयतामा गएसँगै व्यवसायी माथि कर ह्वात्तै बढेको बताए । ‘केन्द्रीय सरकार, प्रदेश र स्थानीय सरकारले आफूखुसी कर उठाइरहेका छन् , उनले भने, एउटा व्यवसायीले कहाँ कहाँ गएर कति तिर्ने ?’ भ्याट, अन्तशूल्क, आयकर शुल्क, स्थानीय कर लगायत धेरै ठाउँमा व्यवसायीले कर तिर्नु परेको भन्दै व्यवसायीले सरकारलाई निश्चित मापदण्ड बनाएर कर लिन आग्रह गरे ।
अन्नपूर्णबाट





























प्रतिक्रिया