काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले समसामायिक राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा अध्यक्षले समसामायिक राजनीतिक परिस्थितिबारे संक्षिप्त ‘ब्रिफिङ’ मात्र गरेका छन् ।
बैठकमा अध्यक्ष केपी ओलीले कार्ययोजनाका साथ काम अघि बढाइरहेका वेला सरकारलाई असफल बनाउन राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा घेराबन्दीको प्रयास गरिएको बताए । उनले कांग्रेसले डा. गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्ने बाहानामा पछिल्ला घटनाक्रमलाई अन्तर्राष्ट्रियकरण समेत गर्ने प्रयास गरेको बताए ।
‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीज्यूले पछिल्लो राजनीतिक घटनाक्रमबारे सामान्य ब्रिफिङ गर्नुभयो’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवक्ता श्रेष्ठलाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । तर दबाब भन्दा पनि स्वेच्छाले राजीनामा दिएको अडान राख्दै श्रेष्ठले थप छलफलपछि मात्र आफू निष्कर्षमा पुग्ने जानकारी दिएका थिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया