काठमाडौँ

निर्माणले गति नलिँदा अत्यन्तै नाजुक अवस्थामा रहेको चाबहिल, जोरपाटी, साँघु सडकखण्डको बिहीबार पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ लगायतले स्थलगत निरीक्षण गरे । "/>

भदौ १२ भित्रै चाबहिल–जोरपाटी सडकका खाल्डाखुल्डी पुर्न निर्देशन

भदौ १२ भित्रै चाबहिल–जोरपाटी सडकका खाल्डाखुल्डी पुर्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

निर्माणले गति नलिँदा अत्यन्तै नाजुक अवस्थामा रहेको चाबहिल, जोरपाटी, साँघु सडकखण्डको बिहीबार पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ लगायतले स्थलगत निरीक्षण गरे ।

मन्त्री महासेठले चाबहिल–जोरपाटी–साँघु सडकको विहीबार स्थलगत अनुमगन गर्दै भदौं १२ गतेपछि सडकमा खाल्डाखुल्डी नदेखिने बताए । सडक निरीक्षणमा मन्त्रालयका सचिव मधुसुदन अधिकारी, सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ, प्रदेश सांसद रामेश्वर फूयाल लगायतको टोली पुगेको थियो। निरीक्षणपछि मन्त्री महासेठले भदौं १२ गते भित्रै सडकका खाल्डाखुल्डी पुर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

मन्त्री महासेठले भदौ १२ गतेपछि चाबहिल–जोरपाटी–साँखु सडक खण्डमा खाल्डाखुल्डी नदेखिने दावी गरे । ‘हामी भदौं १२ गते सम्म पुरै पिच गर्न सक्दैनौं ।’ मन्त्री महासेठले भने, ‘जनतालाई सहजीकरण गर्नको लागि सडकका खाल्डाखुल्डी पुरेर वेस तथा सववेस तयार पारेर राम्रो बाटो बनाइदिन्छौं । जसबाट जनतालाई आवातजावत गर्नको लागि सजिलो हुनेछ ।’ मन्त्री महासेठले चाबहिल–जोरपाटी–साँखुसडकको बेहाल अवस्था लामो समय नरहने दावी गरेका छन् ।

‘अब यो सडक पहिलाको जस्तो रहदैंन्,’ उनले भने, ‘सडकमा हिलो र धुलो उड्दैन ।’ मन्त्री महासेठका अनुसार सम्मानित सर्वोच्च अदालतकै कारणले सडक विस्तारकार्यले गति लिन नसकेको हो । ‘जब सम्म सडकमा पानी जम्छ । तब सम्म सडक लामो समय टिक्दैन । त्यसैले सडकको दुवैतर्फ अन्डरग्राउन्ड पाइप राखेर व्यवस्थित गर्ने जमर्को गरेका छौं,’ उनले भने, ‘यो सडकलाई ६ महिना भित्रै व्यवस्थित गर्नेछौं।’

पूर्वप्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नं का प्रतिनिधिसभाका सांसद माधवकुमार नेपालले सडक निर्माणमा एउटा निकायले अर्को निकायलाई देखाएर पन्छिने प्रवृत्तिको अन्त्य गर्न निर्देशन दिएका छन् ।‘ सबै निकाय समन्वय गरेर काम अगाडि बढाउनुस,’ उनले भने,‘ अब देखि बाहानाबाजी गरेर चल्दैन ।अरुलाई दोष देखाएर उम्कन पाइदैंन । त्यसैले एक महिना भित्रै सडक व्यवस्थित गर्नुपर्‍यो ।’
नागरिकबाट

Skip This
Skip This
Logo