काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो चरित्रका कारण सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति दुर्घटनामा परेको ठहर गरेको छ । "/>

प्रधानन्यायाधीश नियुक्तिमा प्रधानमन्त्रीको दोहोरो भूमिका : कांग्रेस

प्रधानन्यायाधीश नियुक्तिमा प्रधानमन्त्रीको दोहोरो भूमिका : कांग्रेस

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो चरित्रका कारण सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति दुर्घटनामा परेको ठहर गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि पत्रकार सम्मेलन गरेर प्रवक्ता विश्वप्रकाश शर्माले ओलीको दोहोरो भूमिकाका कारण न्यायपालिका माथि कार्यपालिका र व्यवस्थापिकाको नाङ्गो हस्तक्षेप पनि बढेको जिकिर गरे ।

प्रम ओलीले भावी प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्बाट दीपकराज जोशीको नाम सिफारिस गराएपछि संसदीय सुनुवाइ समितिमा पार्टीको ह्वीप लगाएर उनैलाई अस्वीकृत गराउँदै दोहोरो भूमिका खेलेको शर्माले बताए ।

‘प्रधामन्त्री ओलीले संवैधानिक परिषदको अध्यक्षको हैसियतमा सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश जोशीलाई प्रचलित कानूनमा उल्लेख योग्यता, उपयुक्तता र सामाजिक प्रतिष्ठा, उच्च नैतिक चरित्र, इमान्दारिता, निज प्रतिको जनभावना तथा उनले पहिले गरेको सेवा र पेशागत अनुभव समेतलाई आधार मानी सिफारिस गर्ने निर्णय गराए’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसै अनुसार संसदीय सुनुवाइ समितिमा अनुमोेदनका लागि पठाइयो । तर प्रमकै निर्देशनमा सत्तारुढ पार्टीको तर्फबाट संसदीय सुनुवाइ समितिमा प्रतिनिधित्व सांसदहरुबाट बिना आधार र कारण सर्वोच्चको प्रधानन्यायाधीश पदमा नियुक्त गर्ने सिफारिस अस्वीकृत गरियो ।’

जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्दा ओलीले प्रधानमन्त्री पदको प्रतिष्ठा र जिम्मेवारीको ख्याल नगरी गलत नियतले परिषदबाट नाम सिफारिस गराएको दाबी पनि कांग्रेसले गरेको छ । ‘ओलीले गलत नियतबाट आफैं सिफारिस गर्ने, आफैं अस्वीकृत गराउने दोहोरो भूमिका गरेका कारण प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया दुर्घटनामा प¥र्यो’, कांग्रेसले भनेको छ, ‘यो दुर्भाग्यपूर्ण घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निस्पक्षता माथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेपका रुपमा कांग्रेसले लिएको छ ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo