काठमाडौ । ४ वर्षदेखि वेपत्ता रहेका गंगामाया अधिकारीका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीर अस्पतालमा अनशनरत अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई प्रहरीले ललितपुरबाट नियन्त्रणमा लिएको हो ।
उनलाईलाई आइतवार बिहान करिब ११ बजेतिर ललितपुरको सानेपमा फेला पारेको प्रहरीले जनाएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आइतबार नूरप्रसादलाई नियन्त्रणमा लिएर आमा गंगामायालाई बुझाएको हो ।
२०६१ सालमा तत्कालीन माओवादीले आफ्नो १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेको भन्दै गंगामाया र नन्दप्रसाद अधिकारी अनसनमा बसेका थिए। नन्दप्रसादको भने अनशनकै क्रममा निधन भइसकेको छ ।































प्रतिक्रिया