जाजरकोट । जाजरकोटमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको छ । भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा लालबहादुर लोहारका श्रीमती, तीन छोरी र तिर्थ बोहरको छोरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेहरुमा लोहरकी श्रीमती सितली, छोरीहरु रञ्जना, मनिषा र भगवती रहेका छन् । त्यस्तै बोहराको छोरी नोजमा बोहराको पहिरोमा परिएर मृत्यु भएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए ।
तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरो आउँदा तिर्थको घरमा डेरा गरि बस्ने लालबहादुरको परिवार पुरिएको हो । लालबहादुरको भने जिवित्तै उद्दार गरिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
त्यस्तै गोपालको घरमा पहिरोमा पुरिएर डेरा गरि नै बस्ने ४ जना वेपत्ता भएका प्रहरी निरीक्षक सुनारले जानकारी दिए । उनीहरुको खोजीकार्य भईरहेको छ । उद्दारको लागी अहिले घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।































प्रतिक्रिया