विराटनगर

बलात्कार गर्नेहरुलाई फाँसीको सजायँ माग गर्दै शनिबार बिराटनगरका यूवाहरुले प्रर्दशन गरेका छन् । "/>

बलात्कारीलाई फाँसीको सजाय माग्दै युवाद्वारा प्रदर्शन

बलात्कारीलाई फाँसीको सजाय माग्दै युवाद्वारा प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

विराटनगर

बलात्कार गर्नेहरुलाई फाँसीको सजायँ माग गर्दै शनिबार बिराटनगरका यूवाहरुले प्रर्दशन गरेका छन् । देशभर बलात्कारका घटना बढिरहेको बेला फाँसीको सजाय माग गर्दै बिरोध प्रर्दशन गरेका हुन् ।

ट्राफिक चोकबाट निस्किएको जुलुसले बिराटनगर बजार परिक्रमा गरेको थियो । बलात्कारका घटना रोक्न र दोषीलाई कडा सजाय दिलाउन बिराटनगरका यूवाहरुले प्रतिकात्मक जुलुस प्रर्दशन गरेको जुनियर जेसीसका अध्यक्ष मिलाप कर्णले बताए ।

शुक्रबार दिउँसो बिराटनगर १४ मा निर्माणधिन रेलको ट्रयाक मुनि अन्दाजी २२ वर्षीय यूवतीको शव पानीमा फालेको अवस्थामा फेला परेको थियो । प्रहरीले उनको बलात्कारपछि हत्या गरेको आशंका गरेको छ । उनको शनाखत हुन सकेको छैन । बिराटनगर जुनियर जेसीस, बीग नेपाली, हामी यूवा, नयाँ पाईला, लियो क्लब र पहिलो पाईला नामक यूवा सञ्जालमा आवद्ध युवाहरुले संयुक्त जुलुस निकालेर बिरोध प्रर्दशन गरेका हुन् ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo