विराटनगर
साँढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको आरोपमा जिल्ला अदालत मोरङले दिएको आदेश विरुद्ध ३० जनाले उच्च अदालत विराटनगरमा निवेदन दिएका छन् । हालसम्म जिल्लाको आदेश चित्त नबुझी उच्च अदालतमा १७ नम्बर बमोजिम निवेदन दिनेको संख्या ३० पुगेको उच्च अदालत विराटनगरले जनाएको छ।
गत जेठ २१ गते देखि हालसम्म जिल्ला अदालत मोरङको आदेश विरुद्ध उच्च अदालत विराटनगरमा अदालती बन्दोवस्तीको १७ नम्बर महल बमोजिम निवेदन दिनेको संख्या ३० पुगेको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले बताए ।
उनका अनुसार १७ नम्बर बमोजिम साधारण तारेखमा छाड्न माग राख्दै निवेदन दिनेमा संजय बहादुर राउत, दिवेश लोहनी, गोविन्द निरौला, विकासराज खनाल, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, एलवी थापा मगर, टेकराज मल्ल ठकुरी, भुजुङ गुरुङ र प्रजित केसी रहेका छन् । यस्तै महावीरप्रसाद गोल्यान, राजेन्द्रकुमार शाक्य, वीरेन्द्रमान श्रेष्ठ, राजन कुमार, राजु महर्जन, कपिलराज पुरी, पुन्यप्रसाद लामा, राजन थापा, बालकृष्ण श्रेष्ठ, गोलकुमार श्रेष्ठ, दोराम खत्रीले निवेदन दिएका छन्। यस्तै मदनप्रसाद घिमिरे, तुलाराम थारु, अमरमान डंगोल, श्यामबहादुर खत्री बालकृष्ण संजेल मदन सिलवाल रहेका छन् ।
जिल्ला अदालत मोरङको आदेश अनुसार हाल पुर्पक्षका लागि कारागारमा रहेका उनीहरूले साधारण तारेखमा राख्न माग गर्दै उच्च अदालत विराटनगरमा निवेदन दिएका हुन्। यस्तै धरौटीमा राख्ने जिल्ला अदालतको आदेश विरुद्ध पनि उच्च अदलालतमा १७ नम्बर बमोजिम निवेदन परेको छ। धरौटीमा राख्न आदेश दिइएका विष्णुबहादुर खड्काले साधारण तारेखमा राख्न माग गर्दै उच्चमा निवेदन दिएका छन् ।
नागरिकबाट





























प्रतिक्रिया