नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले लोकतन्त्रमाथि चुनौति खडा भएको बताउनुभएको छ । महिला उत्थान केन्द्रले सनिबार राजधानीमा गरेको कार्यक्रममा नेता सिटौलाले संबैधानिक निकायले निश्पक्ष काम गर्न नसक्ने अवस्था श्रृजना भएको भन्दै यस्तो अवस्थाले अन्तत लोकतन्त्रमाथि नै चुनौति थप्ने बताउनुभएको हो । "/>

सरकारका कारण शक्ति सन्तुलनको अवस्था डरलाग्दोः सिटौला (भिडियोसहित)

सरकारका कारण शक्ति सन्तुलनको अवस्था डरलाग्दोः सिटौला (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले लोकतन्त्रमाथि चुनौति खडा भएको बताउनुभएको छ । महिला उत्थान केन्द्रले सनिबार राजधानीमा गरेको कार्यक्रममा नेता सिटौलाले संबैधानिक निकायले निश्पक्ष काम गर्न नसक्ने अवस्था श्रृजना भएको भन्दै यस्तो अवस्थाले अन्तत लोकतन्त्रमाथि नै चुनौति थप्ने बताउनुभएको हो ।

केन्द्र देखि प्रदेश र स्थानीय तहसम्म नै दुई तिहाईको सरकार भएकाले शक्ति सन्तुलनको अवस्था डरलाग्दो भएको टिप्पणी पनि उहाँले गर्नुभयो । उहाँले सबै तहका सरकारका नियम, कानुन र व्यवस्थाहरु एक अर्का संग मेल नखानुले मुलुकमा स्पष्ट रुपमा निर्णयकर्ताको अभाव देखिएको र यसले देशलाई अराजकता तर्फ धकेल्ने दाबी गर्नुभयो ।

उहाँले संविधानले र्निदृष्ट र परिकल्पना गरेको मार्गचित्रमा सरकार अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो । संविधानले सबै वर्ग, जात जाति र भाषा भाषीको अधिकार सुरक्षित गरे पनि सरकार ती अधिकार प्रत्याभुतिका लागि बनाउनुपर्ने ऐन निर्माणमा चासो नदिएको दाबी उहाँले गर्नुभयो ।

निर्धारित समय भित्र संविधान प्रदत्त अधिकार प्रत्याभुतिका लागि ऐन बन्न नसक्दा मुलुक थप संकटमा पर्ने तर्क उहाँको थियो ।

Skip This
Skip This
Logo