काठमाडौँ

सरकारले आगामी भदौ १ गतेबाट धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ । "/>

भदौ १ बाट काठमाडौं लगायतका महानगरमा धूवाँ फ्याँक्ने गाडी चलाउन नपाइने

भदौ १ बाट काठमाडौं लगायतका महानगरमा धूवाँ फ्याँक्ने गाडी चलाउन नपाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले आगामी भदौ १ गतेबाट धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ । सवारी साधनबाट निस्किने धूवाँको प्रदूषणबाट मानव स्वास्थ्यमा नै असर गर्नुका साथै वातावरणमा समेत प्रभाव पर्ने भएकाले धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउन लागिएको हो ।

सरकारले काठमाडौं उपत्यका, सबै महानगरपालिका र उपमहानगरपालिका भित्र सवारी साधन चेकजाँच गराई हरियो स्टिकर प्राप्त सवारी साधनले मात्र सञ्चालनको अनुमति पाउने भएका छन् । यातायात व्यवस्था विभागले साउन १ गतेबाटै धूवाँ फ्याँक्ने सवारी साधन नियन्त्रण गर्ने तयारी गरे पनि चेकजाँच गराउने मेसिन सम्बन्धित कार्यालयमा नपुगेका कारण भदौबाट उक्त नियम लागू गर्न लागिएको हो ।

यायातात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले प्रदूषण जाँच सम्बन्धी उपकरणहरू सबै यातायात कार्यालयका पुग्ने क्रममा रहेको बताउँदै भदौ १ गतेबाट हरियो स्टिकरबिना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न नपाइने बताए ।

उनले काठमाडौं उपत्यका, सबै महानगरपालिका र उपमहानगरपालिका भित्र सञ्चालन हुने सम्पूर्ण चारपाङ्ग्रे सवारीका साधनलाई अनिवार्यरूपमा आफूलाई पायक पर्ने यातायात व्यवस्था कार्यालयमा गएर सवारी साधन चेकजाँच गरी हरियो स्टिकर लिएर मात्र सवारी साधन सञ्चालन गर्न आग्रह गरे । भदौ १ गतेबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका र काठमाडौं उपत्यकामा धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालन नहुने भएका छन् ।
नेपाल समाचारपत्रबाट

Logo