नेपाली आकाशमा तीन वटा बिमान घुमेको घुम्यै

नेपाली आकाशमा तीन वटा बिमान घुमेको घुम्यै

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा परेपछि अहिले तीन वटा जहाजलाई आकाशमै होल्ड गरिएको छ । मलेसियाबाट आएको ब्याटिक एयर र नेपालगंजबाट आएको नेपाल एयरलायन्सको बिमान आकाशमै घुमिरहेको छ । त्यस्तै दिल्लीबाट आएको नेपाल एयरलायन्सको बिमान पनि होल्ड गरिएको छ । 

बिहान केही बेर बन्द गरिएको विमानस्थल बिमानहरुको अवतरणका लागि केही समय अघि मात्रै खुल्ला गरिएको थियो । केही बेरमा बिमानस्थल बन्द गरेर धावनमार्ग मर्मतको काम थाल्ने विमानस्थल कार्यालका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

Logo