संविधानको रक्षार्थ पोखरामा कानुनविद्हरुको मौन र्‍याली

संविधानको रक्षार्थ पोखरामा कानुनविद्हरुको मौन र्‍याली

केन्द्रबिन्दु
9
Shares

पोखरा , संविधान जोगाउन माग गर्दै पोखरामा र्‍याली निकालिएको छ । संविधान दिवसका अवसरमा कास्की जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष भगवती पहारी सहितको टोलीले शान्तीपुर्ण र्‍याली निकालेका हुन् ।

र्‍याली पछाडी कोण सभामा बोल्दै पहारीले संविधानको रक्षाको लागि खबरदारीको रुपमा शान्तिपूर्ण र्‍याली निकालेको बताईन् । संविधान दिवसको अवसरमा आयोजित बृहतशान्ति र्‍यालीको क्रममा उनले आन्दोलन पछि कतै यो संविधान मर्छ कि भन्ने सबैलाई त्रास भइरहेको भन्दै यो अवस्थामा संविधानलाई जोगाउनु पर्छ भनेर र्‍याली गरेको बताइन् ।

उनले भनिन्, ‘हामीले आज मौन र्‍यालीको आयोजना गरेका छौ । यो संविधान दिवसको अवसरमा बारले आयोजना गरेको हो । अहिलेको आन्दोलन पछि कतै यो संविधान मर्छ कि सबैलाई त्रास भइरहेको अवस्थामा हामीले यो र्‍याली आयोजना गरिरहेका हौँ । हुन त संविधानअनुसार नै सरकार गठन गर्ने तयारी भइरहेको छ । तर संविधानमा केही गर्न मिल्दैँन् भन्ने खालको खबरदारीको रुपमा पनि यो र्‍याली गरेका हौं ।’

सोही क्रममा पोखरा उच्च अदालत बार एशोसिएशनका अध्यक्ष शालिग्राम भट्टराईले पनि संविधान दिवसको अवसरमा संविधानको रक्षा, भ्रष्टाचारमुक्त समाज र सुशासन कायमको लागि मौन जुलुस गरेको बताए । उनले भने, ‘आज संविधान दिवस र संविधानको रक्षा हुनुपर्यो, भ्रष्टाचार मुक्त हुनुपर्यो र सुशासन कायम हुनुपर्यो भनेर हामीले आज मौन जुलुस गरेका छौँ ।’

हाम्रो मौन जुलुसमा वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरु र व्यवसायिक संघ संस्थाहरुबाट पनि उपस्थित हुनुहुन्छ । मेहेनत र बलिदानका साथ बनेको संविधानको रक्षा हुनुपर्छ भन्ने नै हाम्रो मुख्य कुरा हो र संविधानमा संशोधनहुनुपर्ने कुरा पनि हुनुपर्छ र व्यवस्था होईन अवस्था परिवर्तन गर्नुपर्छ भन्ने हो ।’ उनले बताए ।

Logo