त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा, प्लेनहरु आकासमा घुमेको घुम्यै

त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा, प्लेनहरु आकासमा घुमेको घुम्यै

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा परेपछि सबै उडान तथा अवतरण बन्द भएको छ । धावनमार्ग बन्द गरिएपछि नेपाल आएका जहाजहरु आकाशमै होल्ड गरिएको छ । अहिले कतार एयर, जेट एयर, ड्रुक एयर ,बंगलादेश एयर, नेपाल एयरलाइन्स लगायतका बिमानहरु आकाशमै घुमिरहेका छन् ।

विमानस्थलबाट हुने नियमित उडान पनि रोकिएको छ । आन्तरिक तर्फका केही उडान भने अन्त्यत्रै पठाइएको छ । विमानस्थल कार्यालका प्रवक्ता प्रमनाथ ठाकुरले करिब एक घण्टापछि उडान र अवतरण सुरु हुने जानकारी दिए । अहिले धावनमार्ग मर्मतको काम भैरहेको उनले जानकारी दिए ।

Logo