काठमाडौं

संसदीय सुनुवाई विशेष समिति अनिर्णयको बन्दी भइरहेका बेला कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले प्रधानमन्त्री केपी ओलीलाई शैक्षिक योग्यता लगायत सहितका प्रमाणपत्र बुझाएका छन् । "/>

शंका निवारणका लागि जोशीले बुझाए प्रधानमन्त्रीलाई प्रमाणपत्र

शंका निवारणका लागि जोशीले बुझाए प्रधानमन्त्रीलाई प्रमाणपत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

संसदीय सुनुवाई विशेष समिति अनिर्णयको बन्दी भइरहेका बेला कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले प्रधानमन्त्री केपी ओलीलाई शैक्षिक योग्यता लगायत सहितका प्रमाणपत्र बुझाएका छन् । प्रमाणपत्रमा कुनै विवाद नरहेको दाबी सहित जोशीले सम्पर्क सूत्र मार्फत सबै विवरण खुल्ने प्रमाणपत्र बुझाएका हुन् । उनले राष्ट्रिय विद्यापिठ, वीरगञ्जबाट २०२९ सालमा प्रवेशिका परीक्षा उत्तिर्ण गरेका प्रमाणपत्र लगायत सबै विवरण बुझाएका हुन् । शंका निवारणका लागि बुधबारै प्रधानमन्त्री निबासमा प्रमाणपत्र बुझाएको जोशी निकट स्रोतले बतायो ।

उनले आफ्नो ‘३६६७’ सिम्बोल नम्वर सहित उतिबेलाको गोरखापत्रमा प्रकाशित परीक्षाफल, नेपाल राष्ट्रिय विद्यापीठ वीरगञ्जको प्रवेशपत्र, आइएल अध्ययनको भर्नाका लागि प्रवेशिका परिक्षा उत्तिर्ण भएको भन्दै त्रिविले दिएको प्रमाणित प्रतिलिपि, विद्यापिठद्वारा प्रवेशिका उत्तिर्ण भएको प्रमाणपत्र, जन्म मिति २०११ साल असोज २४ गते जनिएको चारित्रिक प्रमाणपत्र लगायतको फोटोकपी प्रधानमन्त्रीलाई दिएका छन् ।

कामु प्रधानन्यायाधीश जोशीले आफुले वीरगञ्ज विद्यापिठबाट एउटै सिम्बोल नम्बरमा प्रवेशिका उत्तिर्ण गरेको भन्दै बाहिर प्रायोजित रुपमा विवाद उत्पन्न गरिएको बताए । ‘मैले टेष्ट परिक्षा मात्र विजय मेमोयिल स्कुलबाट गरेको हुँ’ जोशीले भने, ‘प्रवेशिकाको सिम्बोल नम्बर विद्यापिठबाट प्रवेशिका उत्तिर्ण हुँदाको हो । सिम्बोल नम्बर एउटै हुन्छ । त्यो मेरै हो ।

अरुको खोजेपछि मेरो कहाँबाट भेटिन्छ ? ’ उनले सुनुवाई समितिले ‘मन लागेको गरोस्’ भन्दै भन्नु पर्ने कुरा केही नरहेको पनि बताए । जोशीसँगै आइएल पढेका सहपाठी अम्बरिस मैनालीले जोशी एसएलसी उत्तिर्ण भएपछि आफुसँगै आइएल पनि उत्तिर्ण भएको बताए । सुनुवाई समितिमा नेकपा निकट एक सदस्यले जोशीले एसएलसी उत्तिर्ण गरेको भनिएका प्रमाणपत्र दुईवटा देखिएकाले शंका उत्पन्न भएपछि छानविन भइरहेको बताए ।

‘वीरगञ्जको विद्यापिठ र विजय मेमोरियल स्कुलको भिन्न भिन्न सर्टीफिकेट देखिएकाले शंका निवारणका लागि छानविन गर्नुपर्ने अबस्था आएको हो,’ ति सभासद्ले भने । जोशीको सिफारिस पुनः परिक्षणका लागि संवैधानिक परिषदमा पठाउने की भन्ने बिषयमा समेत समितिका सदस्य विच विहीबार अनौपचारिक छलफल समेत भएको थियो ।
अन्नपूर्णबाट

Logo