काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकीकरण हुन बाँकी रहेका विभिन्न कमिटीहरुको एकीकरण भदौ ५ भित्र सक्ने कार्ययोजना तय गरेको छ । "/>

भदौ ५ भित्र कमिटी एकीकरण टुंग्याउन नेकपाको परिपत्र

भदौ ५ भित्र कमिटी एकीकरण टुंग्याउन नेकपाको परिपत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकीकरण हुन बाँकी रहेका विभिन्न कमिटीहरुको एकीकरण भदौ ५ भित्र सक्ने कार्ययोजना तय गरेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा आवश्यक परामर्श गरी मातहतका कमिटीहरुलाई परिपत्र जारी गर्ने निर्णय गरेका हुन् ।

सर्कुलर अनुसार तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका विभिन्न प्रदेश, जिल्ला कमिटी जनवर्गीय संगठनहरू भदौ ५ भित्र एकिकृत हुनेछन् । परिपत्रमा एकीकरणका लागि गठित कार्यदलहरुले साउन २५ भित्र प्रतिवेदन पेश गर्न निर्देशन गरिएको छ । महासचिब विष्णु पौड्यालद्वारा जारी परिपत्रमा जिल्ला तथा प्रदेश कमिटिको पूर्ण बैठक भदौ १५ भित्र गरिसक्न भनिएको छ ।

एकिकरणपछि बन्ने विभिन्न जनवर्गीय संगठनका केन्द्रमा संयोजक तथा सहसंयोजक रहने व्यवस्था गरेको जनाइएको छ । गत जेठ ३ गते पार्टी एकता गरिएपनि मातहतका संगठनिक संरचनाहरु एकीकरण हुन सकेको थिएन । प्रदेश ३ मा एकीकरण प्रक्रियालाई प्रभावकारी बनाउन अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशीनाथ अधिकारी र नारायण दाहाल सदस्य रहेको कार्यदल गठन गरी विद्यार्थी, युवा, उद्यमी, मजदुर संगठनका कमिटी एकीकरण सम्पन्न गर्ने जनाइएको छ ।
नागरिकबाट

Logo