काठमाडौं
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीबाट संसदीय सुनुवाई विशेष समितिमा प्रतिनिधित्व गर्ने अधिकांश सांसदहरु आफूलाई प्रधानन्यायाधीशमा अनुमोदन नगर्ने पक्षमा देखिएपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशीले केपी ओलीसँग भेट्न प्रयास गरेका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयले भेटघाटको चाँजोपाँजो मिलाउन सकेन वा चाहेन । संसदमा विचाराधीन रहेको मुद्दाको एउटा पक्षका रुपमा रहेका जोशीसँग भेट्न उचित नहुने सन्देश प्रधानमन्त्री ओलीको पक्षबाट जोशीलाई दिइयो । यद्यपि, कामु प्रधानन्यायाधीश जोशीले नेकपालाई आफ्नो पक्षमा पार्न कुनै प्रयास बाँकी राखेनन् । उनले प्रचण्ड र संसदीय सुनुवाई समितिमा रहेका नेकपाका नेता सुरेन्द्र पाण्डेलाई यसबीचमा भेटे ।
पाण्डे जोशीलाई भेट्न धुम्बाराहीस्थित निवासमै पुगेका थिए । संसदीय सुनुवाईका क्रममा नक्कली प्रमाणपत्र, नैतिक आचरण, कार्यदक्षता अभाव र राज्यलाई अर्बौं रुपैयाँ नोक्सान गराउने फैसलाहरुका कारण विवादमा परेपछि जोशीले बालुवाटारस्थित सरकारीनिवास छोडेर धुम्बाराहीबाटै भेटघाट गरिरहेका छन् । यही सिलसिलामा उनले पूर्वमन्त्री पाण्डेलाई पनि निवासमै बोलाएका हुन् ।
जोशीको भरोसा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस बाहेक कसैसँग रहेन । तर कांग्रेस यस्तो अवस्थामा छ कि संसदमा उसको संख्याले जोशीलाई जोगाउन सक्दैन । कांग्रेसले उनका लागि गर्न सक्ने भनेको २ र ४ वटा बैठक पर सार्ने हो, जुन बुधबारसम्म भइसकेको छ । यसबीचमा जोशीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा पनि सक्रिय भए । तर नेकपा र विशेषगरी प्रधानमन्त्री ओलीलाई नभेटेसम्म जोशीले आफ्नो नाम प्रधानन्यायाधीशमा स्वीकृत हुने देखेनन् ।
प्रधानमन्त्रीको सचिवालयले ओली र जोशीबीच भेट भएको कुरा पुष्टि गर्न मानेको छैन । तर जोशीको सचिवालयले भने सोमबार प्रधानमन्त्रीसँग भेट भएको दाबी गरेको छ । प्रधानमन्त्रीले जोशीसँग भेटेपछि आफू निकटस्थहरुलाई दिएको प्रतिक्रिया अझ रोचक छ ।
जोशीलाई भेटेपछि प्रधानमन्त्री ओलीले भनेछन् , यीन मा त खरदारमा नियुक्ति हुने योग्यता र क्षमता पनि देखिएन ।जोशीलाई भेटेपछि प्रधानमन्त्री ओलीले भनेछन् , संबैधानिक परिषदको बैठक अघि यो मान्छेलाई भेटेर कुरा गरेको भए प्रधानन्यायाधीशमा सिफारिस गर्ने थिइनँ । यीनमा त खरदारमा नियुक्ति हुने योग्यता र क्षमता पनि देखिएन । ओलीको प्रतिक्रिया भनेर नेकपा निकट बरिष्ठ कानून व्यवसायीहरुले आपसमा गरेको चर्चाले पनि जोशी प्रति नेकपा र प्रधानमन्त्री ओलीको धारणा बुझ्न सहज भएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया