काठमाडौं

वाढी पहिरो र अन्य प्राकृतिक विपत्तीमा विगतमा जस्तै मानवीय र भौतिक क्षति हुने क्रम यस वर्ष पनि निरन्तर छ । "/>

यसवर्षको मनसुन सुरु भएयता प्राकृतिक विपत्तीबाट १८० जनाको मृत्यु

यसवर्षको मनसुन सुरु भएयता प्राकृतिक विपत्तीबाट १८० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

वाढी पहिरो र अन्य प्राकृतिक विपत्तीमा विगतमा जस्तै मानवीय र भौतिक क्षति हुने क्रम यस वर्ष पनि निरन्तर छ । यस तर्फ सरकारले खासै ध्यान नपुर्याउँदा क्षति न्युनिकरण हुन नसकेको जन गुनासो आइरहेकै बेला यस वर्षको मनसुन सुरू भएता बाढी पहिरो र अन्य प्राकृतिक विपत्तिबाट १ सय ८० जना भन्दा बढीको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ । गृहमन्त्रालयका अनुसार मनसुन सुरु भएयता ज्यान गुमाउनेको संख्या यति पुगेको हो ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार यो वर्षको मनसुन सुरू भए यता साउन १५ सम्ममा विभिन्न प्राकृतिक विपतमा १८० जनाको ज्यान गएको हो । जिल्ला प्रशासन कार्यालय मार्फत मृतकको हकमा एक लाख रूपैयाँ, घरमा भौतिक क्षति भएको हकमा १० हजार रूपैयाँ र घाइतेको हकमा निःशुल्क उपचारको व्यवस्था गरिएको प्रवक्ता सुवेदीले बताए ।

यो वर्ष जेठको अन्तिम देखि मनसुन नेपालमा प्रवेश गरे पनि असारको मध्यबाट मात्रै नेपालभर सक्रिय भएको थियो । मनसुन अझै सक्रिय रहेकाले संभावित जोखिमलाई मध्यनजर गरी उद्धार तथा राहतका लागि विपत व्यवस्थापन शाखा र जिल्लास्थित जिल्ला प्रशासन कार्यालयलाई २४ सै घण्टा सर्तक राखिएको गृह मन्त्रालयले जनाएको छ ।
फाइल तस्वीर

Logo