चितवन
नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा पहिरो खसेपछि आज पनि सो सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगा सहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ । यता इच्छाकामना गाउँपालिका– ६ को जलबिरेमा पनि पहिरोका कारण एकतर्फी मात्र सवारी साधन सञ्चालन गरिएको छ । वर्षायाम शुरु भए सँगै यो सडक दैनिक जसो अवरुद्ध हुँदै आएको छ । जसले यात्रीहरु गन्तव्यमा पुग्न समस्या भएको छ ।





























प्रतिक्रिया