काठमाडौं

मानव तस्करहरूले खाडी मुलुकमा आकर्षक रोजगार दिने प्रलोभन देखाई भारतका विभिन्न स्थानमा पुर्याएका ७१ नेपाली महिलाको उद्धार गरिएको छ । "/>

एक सातामा भारतबाट ७१ जना महिलाको उद्धार

एक सातामा भारतबाट ७१ जना महिलाको उद्धार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मानव तस्करहरूले खाडी मुलुकमा आकर्षक रोजगार दिने प्रलोभन देखाई भारतका विभिन्न स्थानमा पुर्याएका ७१ नेपाली महिलाको उद्धार गरिएको छ । विभिन्न सूचनाका आधारमा नयाँदिल्ली महिला अयोग र स्थानीय प्रहरीले एक सातामा ती नेपाली महिलाको उद्धार गरेका हुन् । बुधबार बिहान दिल्लीबाट ३९, मंगलबार राति बनारसबाट १६ र गत बिहीबार दिल्लीबाट १६ जना गरी कुल ७१ जना नेपाली महिलाको उद्धार गरिएको थियो ।

आर्थिक वर्ष २०७४,०७५ मा भारतबाट उद्धार गरिएका नेपाली महिलाको संख्या भन्दा धेरै नेपाली महिलाको पछिल्लो एक सातामा भारतबाट उद्धार भएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार अघिल्लो आर्थिक वर्षमा ६० नेपाली महिलाको भारतमा उद्धार गरिएको थियो जबकि पछिल्लो एक सातामा ७१ जना नेपाली महिलालाई भारतमा उद्धार गरिएको छ ।

‘मानव तस्करको प्रलोभनमा परी भारत आइपुगेका ठूलो संख्यामा नेपाली महिलाको यहाँ उद्धार गरिएको छ,’ नयाँदिल्लीस्थित नेपाली दूतावासका राजनीतिक काउन्सिलर हरिप्रसाद ओडारीले टेलीफोनबाट भने, ‘उद्धार गरिएका नेपाली महिलाको सम्पर्कमा दूतावास पुगेको छ । हामी उनीहरूलाई सुरक्षित नेपाल फर्काउने तयारीमा छौं ।’

गत बिहीबार उद्धार गरिएका नेपाली महिलालाई मंगलबार नेपाल फर्काएको नयाँदिल्लीस्थित नेपाली दूतावासले मंगलबार राति र बुधबार बिहान उद्धार गरिएका थप नेपाली महिलालाई स्वदेश फर्काउन आवश्यक प्रक्रिया सुरु गरेको छ । बुधबार नै दूतावासका प्रतिनिधिले उद्धार गरिएका महिलालाई भेटी आवश्यक जानकारी लिएको छ ।
नागरिकबाट

Logo