नेपालमा यात्रा गर्दा सर्तक रहन भारत सरकारको आग्रह

नेपालमा यात्रा गर्दा सर्तक रहन भारत सरकारको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले शुक्रबार नेपाल भ्रमण गर्ने भारतीय नागरिकका लागि यात्रा परामर्श जारी गरेको छ । दूतावासले पछिल्लो एक सातामा नेपालको अवस्था निकै सुधार भए पनि यात्रुहरूले सतर्क रहन र दूतावास वा स्थानीय निकायले जारी गर्ने निर्देशनहरू पालना गर्नुपर्ने आग्रह गरेको छ ।


दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको अवस्था पछिल्लो हप्तामा निकै सुधार भएको छ । सडक यातायात र हवाई सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन् ।” साथै, यात्रुहरूले सतर्कता अपनाउन र दूतावास वा स्थानीय प्राधिकरणले जारी गर्ने सल्लाहअनुसार चल्नुपर्ने उल्लेख गरिएको छ


दूतावासले नेपाली भूमिमा रहेका भारतीय नागरिकलाई सहयोगका लागि सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बर पनि सार्वजनिक गरेको छ । भारतिय नागरिकहरूले : ९७७–९८०८६०२८८१, स्थायी आपतकालीन नम्बर : ९७७–९८५१३१६८०७ मा सम्पर्क गर्न सक्ने उल्लेख गरिएको छ ।


हिंसामा प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र संघीय संसद् सचिवालयभित्र रहेका सवारीसाधनमा ठूलो क्षति पुगेको छ । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन मिति घोषणा गरेसँगै सामान्य जीवनयापन फिर्ता हुन थालेको छ ।

Skip This
Skip This
Logo