काठमाडौं
दुई तिहाई लिएर सरकार चलाइरहेको नेपाल कम्युनिष्ट पार्टी सामु गरेको बाचा पूरा नगर्दा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई अहिले कायममुकायम प्रधानन्यायाधीश पद पनि निल्नु न ओकल्नु भएको छ ।
एक उच्च समाचार स्रोतका अनुसार वर्तमान सरकारले केही दिन अघि पूर्ववर्ती देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्नु अघि जोशीसँग सोका विरुद्ध अदालतमा रिट परेमा ती सबै रिट उपर कुनै निर्णय नलिने सहमति भएको थियो तर सरकारले गरेका ती निर्णय विरुद्ध पूर्व सरकारका राजनीतिक नियुक्तिधारीहरू सर्वोच्च अदालत जाने वित्तिकै त्यस उपर देउवा सरकारकै निर्णयलाई नैतिक बल पुग्ने गरी अन्तरिम आदेश जारी भयो ।
‘त्यहीबेला देखि सरकार सामु जोशीले विश्वास गुमाएर उहाँ अहिले आफ्नै कारण पनि विवादमा मुछिनु भयो’ स्रोतले भन्यो– खासगरी यसको ‘इनिसियसन’ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल वास्कोटाले लिएका थिए ।’
नेकपाका एक नेताले पनि समाचार स्रोतको उच्च दावीलाई पुष्टि गर्ने गरी आफ्नो अभिव्यक्ति दिए । उक्त स्रोतले जोशी धेरै बिबादमा तानिसकेकाले अब नयाँ प्रकृयाबाट प्रधानन्यायाधीश नियुक्त गरिने दावी गरे । ‘यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आन्तरीक छलफल भइसकेकाले जोशीलाई अस्विकृत गर्ने योजना बनाइएको छ ।’–उनले थपे । ‘जोशीको नाम अनुमोदन गर्नुपर्ने अवस्था आएमा महाभियोग लगाएर हटाउने हाम्रो पार्टीको तयारी छ’, उक्त स्रोतले दावी ग¥यो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया