काठमाडौं
बलात्कारको घटना सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक एञ्जिला सापकोटालाई बुधबार काठमाडौँबाट पक्राउ गरेको छ । "/>

बलात्कारका घटनाबारे सामाजिक सञ्जालमा लेख्दा दुर्इ जना पक्राउ

बलात्कारका घटनाबारे सामाजिक सञ्जालमा लेख्दा दुर्इ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
बलात्कारको घटना सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक एञ्जिला सापकोटालाई बुधबार काठमाडौँबाट पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा साउन ११ गते भएको बलात्कारको घटना सम्बन्धमा आरएम खबर डटकम मार्फत सापकोटाले ‘यिनै हुन १४ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने प्रहरी, सक्दो शेयर गर्नु होला’ भन्ने शीर्षकको भ्रामक सामग्री सहित प्रहरीको पोशाक लगाएको व्यक्तिको फोटो र मृतकको फोटो समेत पोष्ट गरी सामाजिक सञ्जाल मार्फत शेयर गरेपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न व्यक्ति हालसम्म खुल्न नआएको अवस्थामा सामाजिक सञ्जाल मार्फत संवैधानिक मौलिक हकको समेत प्रतिकूल हुने बलात्कार जस्तो संवेदनशील घटनाबारे अफवाह फैल्याइएकाले सापकोटालाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाहीको प्रक्रिया अगाडि बढाएको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए । उक्त अनलाइन प्रेस काउन्सिलमा दर्ता समेत नभएको सिआइबीको भनाइ छ ।
रासस

Logo