काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधिश बनाउन सरकारसँग माग गरेका छन् । "/>

जोशीलाई प्रधानन्यायाधीश बनाउन राप्रपा प्रजातान्त्रिकको माग

जोशीलाई प्रधानन्यायाधीश बनाउन राप्रपा प्रजातान्त्रिकको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधिश बनाउन सरकारसँग माग गरेका छन् ।सरकारले संसदीय सुनुवाई समिति मार्फत प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको प्रस्ताव अस्विकार गरे आफ्नो पार्टीलाई मान्य नहुने राणाले चेतावनी दिए ।

माईतीघर मण्डलामा बुधवार सरकारको विरोधमा पार्टीद्वारा आयोजित कार्यक्रममा उनले संवैधानिक परिषदले सिफारिस नमाने शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने भन्दै आक्रोश पोखे । जनताले थेग्न नसक्ने गरि सरकारले मूल्यवृद्धि करको भार बढाएकाले सडक संघर्षमा उत्रनु परेको उनले बताए ।

कार्यक्रममा राप्रपा (प्रजातान्त्रिक) का नेता, कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । सरकारले जनविरोधि कदम तत्काल नसच्याए कडा प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी उनीहरुले दिएका थिए ।
नयाँ पत्रिकाबाट

Logo