डोल्पा

दुर्गम हिमाली जिल्ला डोल्पालाई सडक यातायातको पहुँचमा जोड्न जाजरकोट–डोल्पा मोटरबाटो निर्माण तीब्र पारिएको छ । "/>

राष्ट्रिय सडक सञ्जालमा जोडिदै डोल्पा : दुनै जोडिन ५ सय मीटर मात्र बाँकी

राष्ट्रिय सडक सञ्जालमा जोडिदै डोल्पा : दुनै जोडिन ५ सय मीटर मात्र बाँकी


डोल्पा

दुर्गम हिमाली जिल्ला डोल्पालाई सडक यातायातको पहुँचमा जोड्न जाजरकोट–डोल्पा मोटरबाटो निर्माण तीब्र पारिएको छ । अहिले खदाङ–त्रिपुराकोट सडकखण्डको निर्माण कार्यलाई तीब्रता दिइएको सेनाले जनाएको छ , सेनाले जिम्मा लिएको उक्त सडकखण्ड अन्तर्गत खदाङ–त्रिपुराकोट खण्डको बिचमा पर्ने दर्जनौं भिर छिचोलेर मोटर गुड्ने चौडा सडक बनाईएको छ । कुल लम्बाई ११७ दशमलव ७ किमी रहेको जाजरकोट डोल्पा सडकखण्डको जीरो पोईन्ट जाजरकोटको पासगाडलाई मानेर निर्माणकार्य थालनी गरिएको थियो ।

अब डोल्पाली जनता सडक सपना नजिक छन् । जाजरकोट–डोल्पा सडकखण्डको अन्तिम भिरको रुपमा तरपरे भिर मात्रै बाँकी रहेको कार्यदल प्रमुख पहाडीले भने । “डोल्पालीका दुःखका दिन गए । डोल्पालीको पुस्तौँ देखिको सपना साकार पार्न सेना थाकेको छैन । ” उनले भने । अब पाँच सय मीटर मात्रै सडक निर्माण गर्न बाँकी छ । दशैं भित्रै डोल्पा सदरमुकाम दुनैलाई राष्ट्रिय सडकसञ्जालमा जोड्छौं कर्णेल पहाडीले थपे । सानोतिनो प्रयासले जाजरकोट देखि डोल्पा सम्मको सडक निर्माणकार्य सम्पन्न गरेर सडक कुदाउने सपना देख्नु सम्भव थिएन । जाजरकोट–डोल्पा सडक निर्माण कार्यदल प्रमुख बिश्वबन्धु पहाडीले भने ।

खदाङ–त्रिपुराकोट सडकखण्ड निर्माण कार्य तीब्र पारिएपछि दैनिक तीन सय कामदारले काम गरिरहेका छन् । अप्ठ्यारा भिर छिचोल्न दर्जन धेरै कम्प्रेसर मेसिनको प्रयोग भईरहेको सेनाले जनाएको छ ।
राजधानीबाट

Logo